Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

पर्वतमा पहिरोले पाँच घर विस्थापित, लघु जलविद्युत् अवरुद्ध

\"landshlide.jpg\"पर्वत, २७ भदौ । अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन् । उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन् । बस्तीभन्दा माथिको तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेको हो । उनीहरू अहिले आफन्तकोमा शरण लिएर बसिरहेका छन् । गत बुधबार आएको वर्षासँगैको पहिरोले उनीहरू विस्थापित हुनु परेको स्थानीय महानबहादुर गुरुङले जानकारी दिए । उनीहरूले आफूहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् । सोही पहिरोका कारण बस्ती नजिकै रहेको करायटोलको खानेपानी योजना पूर्णरुपमा अवरुद्ध बनेको छ । पहिरोले ट्याङ्की नै बगाएपछि खानेपानी सेवा अवरुद्ध बनेको गुरुङले जानकारी दिए । त्यसैगरी पहिरोका कारण भुकताङ्ले गाविस–८ मा रहेको २५ किलोवाट क्षमताको ठाडोखोला लघजलविद्युत् आयोजनाको नहर भत्किदा विद्युत् उत्पादन बन्द भएको छ । विद्युत् बन्द हुँदा स्थानीय विगत पाँच दिनदेखि अन्धकारमा बस्नुपरेको बताएका छन् । बाढीले माछा फर्म बगायो, रु एक करोडको क्षति पर्वत जिल्लाको पहिलो बाजुङ गाविस–६ स्थित मुलुककै उत्कृष्ट पातिखोला रेन्बोट्राउट फर्म बाढीले बगाएको छ । पातीखोलामा गत बुधबार राति आएको बाढीले फर्म बगाएको हो । मुलुककै नमुना फर्म बगाएपछि झन्डै रु एक करोडको क्षति भएको छ । यो फर्म गत वर्ष विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ मुलुककै उत्कृष्ट फार्म घोषित भएको थियो । पर्वतको क्याङ गाविसबाट आएको पहिरो र खोलाको बाढी फर्ममा पसेपछि त्यहाँका सबै संरचना बगाएको छ । फर्म बगाउँदा रु २७ लाखभन्दा बढी पर्ने माछाका भुरा र तयारी माछा बगेका छन् । संरचना निर्माण गर्दा झन्डै रु ५० लाख खर्च लागेको कम्पनीका अध्यक्ष यामप्रसाद शर्माले बताउनुभयो । “फर्ममा बाढी पसेपछि झन्डै रु एक करोड क्षति भएको छ” शर्माले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending