Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

एकातर्फ राजावादी र अर्कोतर्फ राजाविरोधी शक्तिहरुबीच एकता तीव्र

काठमाडौं, बाम घटकहरुबीच एकता प्रक्रियामा तीव्र भैरहँदा त्यसको ठिक उल्टो राजनीतिक धारको प्रतिनिधित्व गर्ने राजावादी शक्तिहरुबीच पनि एकता हुने भएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने सैद्धान्तिक सहमति भएको हो । यस अघि जनयुद्ध लडेर आएका पाँच माओवादी घटकहरुकाबीच पनि एकताका लागि वृहद छलफल चलि रहेको छ । जसको प्रारम्भमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको एमाओवादी र मोहन बैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा माओवादीबीच एकताका लागि पनि कार्यदल बनाएर एकता गर्ने तय भएको थियो । पार्टी एकीकरणका लागि लामो समयको बहस र छलफल पछि दुई राजावादी शक्ति एक हुने भएका हुन् । सिंहदरबारस्थित राप्रपाको संसदीय कार्यालयमा मंगलबार भएको वार्तामा सैद्धान्तिक सहमति भएको राप्रपा नेपालका सह(प्रवक्ता मोहन श्रेष्ठले खबरडबलीलाई जानकारी दिए । संयोग नै मान्नु पर्छ बामहरुबीचको एकता प्रक्रियाको पहल पनि त्यहाँका युवा नेताहरुले गरेका छन् भने राजावादी शक्तिहरुलाई पनि एक हुन दबाब दिने युवा नेताहरु नै हुन् । राप्रपा नेपाल र राप्रपाका युवा नेताहरूले पार्टी एकीकरणका लागि दबाब दिएपछि दुवै पार्टीले औपचारिक रूपमा वार्ता समिति गठन गरेर वार्ता अघि बढाउन सहमत भएका हुन् । यसैबीच एकताको आधार तय गर्न मंगलबार बसेको बैठकले दुई वटा समितिसमेत गठन गरेको छ । एकताका लागि प्राविधिक र सैद्धान्तिक समिति गठन भएको श्रेष्ठले बताए । दुवै समितिले प्रतिवेदन तयार गरी चैत्रभित्र वार्ता समितिमा प्रस्ताव पेस गर्नेछ । प्राविधिक समितिमा बुद्धिमान तामाङ, चन्द्रबहादुर गुरुङ, भुवन पाठक, धवलशम्शेर राणा, किरण गिरी, मोहन श्रेष्ठ, हेमजंग गुरुङ छन् भने सैद्धान्तिक समितिमा केशरबहादुर विष्ट, दीपक बोहरा, निरञ्जन थापा, ठाकूर शर्मा, रामकृष्ण भट्टराई, राजाराम श्रेष्ठ रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending