Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अखिल क्रान्तिकारी र त्रि.ब.क्याम्पस बीच १५ बुँदे सहमति

पाल्पा, २६ भदौ । अखिल क्रान्तिकारीले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामामा भएका शैक्षिक, भौतिक, प्रशासनीक विकृति र विसंगतीका विषयमा गत बैशाख ३० मा १३ बुँदे ज्ञापन पत्र बुझाएकोमा आज क्याम्पससँग १५ बुँदे सहमति भएको छ । \"akhil\"क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रका सम्बन्धमा मिति २०७३ भाद्र २४ र २६ गते क्याम्पसमा भएको क्याम्पस प्रशासन, प्राध्यापक संघ, प्राध्यापकसँग छलफल गरी १५ बुँदे समझदारी भएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राजकुमार पन्थीले बताए । जिल्ला अध्यक्ष पन्थी, इकाई इन्चार्ज झविन्द्र पन्थी, वार्ता समितिका सदस्य अमृत अधिकारी र क्याम्पस प्रशासनको तर्फबाट क्याम्पस प्रमूख जीवनबहादुर थापा, प्राध्यापक संघका सध्यक्ष विष्णु प्रसाद ज्ञवाली, सहायक क्याम्पस प्रमूख युवराज पौडेल, टंक पन्थ, प्राध्यापक धनेन्द्रराज धिमिरे, सन्तोषलाल श्रेष्ठ, निर्देष खनाल, टंक प्रसाद भट्टराई, खिमबहादुर राना र स्ववियू सभापति हरिबोल भट्टराईको रोहवरमा सहमति भएको सहमति पश्चात इकाई इन्चार्ज झविन्द्र पन्थीले एक विज्ञप्ती निकालेर जानकारी दिएका छन् । क्याम्पससँग भएको सहमतिमा त्रि.ब.क्या. पाल्पाका शिक्षक कर्मचारीको निजी क्षेत्रमा लगानीका सम्बन्धमा त्रि.वि. निर्देशिका र आचारसंहीता पालना गर्ने । यहि आश्विन १ गतेदेखि इलेक्ट्रोनिक्स हाजिरी मेशिन कार्यान्वयनमा ल्याउने । त्रि.ब.क्या पाल्पामा कार्यरत प्राध्यापकहरुको सिफ्ट निर्धारण गरी सिफ्ट अवधिभर क्याम्पसको शैक्षिक कार्यमा संलग्न रहने सहमति भएको छ । यस्तैगरी त्रि.वि. शैक्षिक क्यालेण्डर लागु गर्नको लागि तत्परताको साथ पहल गर्ने, क्याम्पसमा भएका महिला तथा पुरुष शौचालयलाई व्यवस्थित गर्दै आवश्यकता अनुसार थप शौचालयको निर्माण गर्ने । शुद्ध खानेपानीको निर्माण गर्नुको साथै विद्यार्थीलाई घामपानीबाट बचाउने खालका विश्राम स्थलको निर्माण गर्ने सहमति भएको छ । त्यस्तै पुस्तकालयलाई आवश्यक पुस्तकहरु शैक्षिक सत्रको प्रारम्भमा व्यवस्था गर्ने र हाल आवश्यक भएका पुस्तकहरु यथासक्य उपलव्ध गराउने । खेलकूद सम्बन्धि कार्ययोजना निर्माणका लागि एकहप्ताभित्रै विद्यार्थीहरुसंग बसी कार्यान्वयनमा ल्याउने । इलेक्ट्रोनिक्स पुस्तकालयको समुचित व्यवस्था गर्ने र विषयको प्रकृति र विद्यार्थीको आवश्यकता अनुसार उपलव्ध गराउने सो कार्य आश्विन १ गते देखि कार्यान्वयनमा ल्याउने । छात्रावासको व्यवस्थापनमा सुधार ल्याउने सहमति भएको छ । यस्तै प्रशासनीक कर्मचारीको काममा चुस्तता ल्याई सेवालाई मर्यादित र प्रभावकारी बनााउने, निशुल्क छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने, त्रि.व.क्या.मा रिक्त रहेका प्राध्यापक र कर्मचारीहरुको दरबन्दी स्वीकृतिका लागि २०७३ साल कात्तिक पहिलोहप्तासम्म पहल गर्ने र स्वीकृति पश्चात खुला प्रतिस्प्रर्धाद्वारा पदपूर्ति गर्ने र विद्यार्थीसँगबाट पुस्तकालय धरौटी स्वरुप उठाइएको रकम सबै विद्यार्थी संगठनसँग सहमति गरी विद्यार्थी हितका काममा लगाउने सहमति भएको इन्चार्ज पन्थीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending