Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

स्क्रब टाइफस’ पत्ता लगाउन चितवनमा मुसाको अध्ययन हुँदै

\"Scrub-chigger-750\"चितवन, २६ भदौ । नेपालमा फैलिएको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन सुरु गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले चितवनमा आएर मुसाको अध्ययन थालेको हो । नेपालमा सबैभन्दा बढी स्क्रब टाइफस रोग चितवनमा देखिएकाले जिल्लामा मुसाको अध्ययन थालिएको हो । “पश्चिम चितवनका विभिन्न स्थानमा मुसाको अध्ययनका लागि मुसौरो राखेका छौं,” महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भन्नुभयो, “ती मुसामा रोग सार्ने माइट जातको किरा समातेर परीक्षण गर्दै छौं ।” मुसौरोमा पाँच–सातवटा मुसा परेको समेत उनले जानकारी दिए । शारदानगर, पार्वतीपुर, शङ्कर चोक र विकास चोकमा रहेका विभिन्न सात घर तथा गोठमा रहेका मुसा नियन्त्रणमा लिएर शनिबारदेखि अध्ययन थालिएको हो । नियन्त्रणमा रहेका मुसाबाट माइट निकाल्ने र मुसोको चिरफार गरी नमुना सङ्कलन गरेर काठमाडौँ लैजाने लामिछानेले जानकारी दिए । मुसाको अध्ययनका लागि काठमाडौँबाट आठ जनाको विज्ञ तथा प्रविधिज्ञ टोली चितवन आएको छ । लामिछानेको नेतृत्वमा किटजन्य रोग विज्ञ ललन शाह र शिशिर पन्त, प्रविधिज्ञ प्रमोदकुमार मेहता, बुद्धि महर्जन, विजय रिमाल, आत्माराम कुर्मी, उत्तम प्याकुरेलको टोली मुसाको अध्ययनमा लागेको हो । चितवनको जनस्वास्थ्य कार्यालयबाट कार्यालय प्रमुख मधुसूदन कोइराला, किट नियन्त्रण निरीक्षक रामकुमार केसी, अनुप अधिकारी लगायतका प्रतिनिधि समेत अध्ययन टोलीमा सहभागी छन् । “मुसामा लाग्ने किर्ना जातको किरा माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययन थालिएको हो, रोग सार्ने माध्यमको रुपमा मुसा नै मुख्य हो, मुसा आफैँ रोग सार्ने कारण नभए पनि रोग लगाउने एक प्रकारको किर्ना माइटलाई मुसाले पाल्न सहयोग गर्छ,” इपिडिमियोलोजी शाखाका प्रमुख गुणनिधि शर्माले भने । वैशाखयता जिल्लामा पछिल्लो तथ्याङ्कअनुसार कुल ४७३ जना बिरामीको नमुना परीक्षणमा १८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका किटनियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । सार्वजनिक तथ्याङ्क अनुसार नेपालमा दुईसय २२ जनामा सङ्क्रमण हुँदा चितवन मात्रै १८९ जनामा सङ्क्रमण भएकाले जिल्लामा प्रकोप बढ्दो छ । नेपालका ३२ जिल्लामा सङ्क्रमण देखिएको छ । उक्त रोगका कारण यो वर्ष चितवनमा दुई जनाको ज्यान गएको छ । नेपालमा वैशाखयता अहिलेसम्म यो रोगका कारण ६ जनाको ज्यान गइसकेको छ । अघिल्लो वर्ष आठ जनाको मृत्यु भएको थियो । मुसामा हुने एक प्रकारको किरा ‘माइट’ ले टोकेमा यो रोग लाग्छ । विशेष गरी मुसाबाट झाडी र झारमा किरा खस्ने र त्यहाँ पुगेमा किरा टाँसिएर टोक्दा रोग सर्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: