Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यस्तो छ– संसदमा गरेको सम्बोधनबारे प्रचण्डको थप ब्याख्या

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीमा जन्म र मृत्युका बेला सरकारले २० केजी चामल अनुदान दिने निर्णय सद्भाव र प्रेमको प्रतीक भएको बताउनु भएको छ । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । कार्यक्रमका क्रममा प्रधानमन्त्रीले व्यक्त गरेका धारणको सम्पादित बुँदागत अंश – \"prachanda\"
  1. मैले संसदमा गरेको सम्बोधन नीति कार्यक्रम होइन । तर, नयाँ सरकार र प्रधानमन्त्रीले जनताको पक्षमा गरेका चाहेका कामहरुको संकल्प हो । राष्ट्रिय आवश्यकता र जनताको चाहनाको प्रतिबिम्व हो, यसलाई यसरी नै बुझ्नुपर्छ ।
  2. सबै कुरा स्वाभाविक भएको भए नयाँ सरकार आवश्यक थिएन । नयाँ सरकारको नयाँ सोच र संकल्प हुन्छ, त्यसै गरिएको हो । सम्बोधनमा कुनै असम्भव कार्यक्रम छैनन् । यो पहिलाको नीति, कार्यक्रम र बजेटका विरुद्ध नभएर त्यसका अतिरिक्त जनताको पक्षमा गरिएको संकल्प हो । पूँजीगत खर्च पनि पर्याप्त मात्रामा हुन नसकेको अवस्थामा सम्बोधनमा उल्लेख गरिएका कार्यक्रम लागु गर्न बजेटको अभाव हुँदैन । त्यसको पुष्टि र आधार दिन म तयार छु ।
  3. नयाँ सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै भूकम्प पीडितका पक्षमा युद्धस्तरमा काम गर्न निर्देशन दिइएको हो । हामीले त्यसको दिनदिनै अनुगमन गरिरहेका छौं । अहिलेसम्म किस्ता बितरण उत्साहजनक छ । हरहालतमा ४५ दिनमा पहिलो किस्ता दिनुपर्छ । मैले हेलिकोप्टरबाट किस्ता बाँड्न नपरोस् भनेर सजग गराएको छु ।
  4. पैसा नहुनु हाम्रो समस्या होइन । पैसा थन्किएर ढुकुटीमा बस्नु र जनतामा पीडामा बस्नु राम्रो होइन । हामीले भूकम्पपीडितको पक्षमा घोषणा गरेका कार्यक्रम लागु गर्छौं । दाताहरुसँग पनि सहयोग मागिन्छ, साथमा ढुकुटीमा थन्किएर बसेको रकम भूकम्प पीडितको पक्षमा लगानी गरिनेछ । २७ अरब रकम खर्च नभएर बसेको छ, दातृ राष्ट्रहरु पनि सहयोग गर्न ईच्छुक छन् । पूँजीगत खर्च बढाउन सरकार पुरै क्रियाशील छ । कम्तिमा ८० प्रतिशत खर्च हुनैपर्छ । यसमा सरकार एकदमै सचेत भएर काम गर्नेछ । भूकम्प पीडितको २ लाख अनुदानमा रकम थपेर ३ लाख बनाउँदै छौं । थप ऋणको व्यवस्था पनि गर्नेछौं ।
  5. उपत्यकामा सरकारी सवारी साधन थप्ने कामले चाडै पूर्णता पाउँछ । नेपालको सडक दुर्घटना बढ्नु राज्यले दायित्व लिन नसकेरै हो । विकसित देशहरुमा यातायातको व्यवस्थापन राज्यले नै गर्छ । म दिनदिनैका सवारी दुर्घटनाबाट चिन्तित छु । यसमा राज्यले पहलकदमी लिन्छ । नीजि क्षेत्रको यातायातलाई प्रतिस्पर्धात्मक बनाउन पनि राज्यले सवारी साधन सञ्चालन गर्नैपर्छ । मेलै सम्बोधनमा काठमाडौंको सडक व्यवस्थापनका लागि ठोस कार्यक्रम प्रस्तुत गरेको छु, उपत्यकाबासीलाई पनि यसका लागि अपील गरेको छु । यसमा सरकारले पहल लिन्छ ।
  6. बाढी पहिरोको पीडा कम दर्दानाक छैन । बाढी पीडितको राहत रकम ४० हजारबाट बढाएर १ लाख पु¥याउँदै छौं । बाढी पहिरोको राहत रकमलाई भूकम्प पीडितकै हाराहारीमा लैजान गृहकार्य हुँदैछ, यसका लागि राजनीतिक सहमतिको वातावरण बनाउने कोशिस हुँदैछ ।
  7. थारु समुदायको परम्परा, बसोबास आवादी र राष्ट्र निर्माणमा निकै महत्वपूर्ण छ । थारु समुदायभित्र देखिएको सिकल्सेल रोग दुई वर्षभित्र सम्पूर्ण रुपमा निर्मुल गर्ने संकल्प गरेका छौं ।
  8. प्रत्येक प्रदेशमा मेडिकल कलेज बनाउने सरकारको संकल्प छ । डा। गोविन्द केसीको मागसँग पनि यो सम्बन्धित छ । एक महिनाभित्र सातवटै मेडिकल कलेजको शिलान्यास गर्न सकिन्छ । डा। गोविन्द केसीले उठाएका गम्भीर माग सम्बोधन गर्न सरकार तयार छ । नयाँ सरकारले गर्ने काम केही समय हेर्न डा। केसीलाई अनुरोध गर्दछु ।
  9. लाखौं युवाहरु रोजगारीको निम्ति विदेश जाने परिस्थिति बनेको छ । दीर्घकालीन रुपमा यो हामी सबैका लागि दुखको कुरा हो । युवाहरुलाई देशभित्र ल्याउन राज्यको दीर्घकालीन नीति चाहिन्छ, यसमा हामी गम्भीर छौं । अहिले हामीले तत्काल राहतका लागि जोड दिएका छौं । नेपाली युवाहरुले भोग्नुपरेका समस्याको सम्बोधनमा सरकार केन्द्रित छ । यसमा सरकार परिणाम निकाल्ने गरी काम गर्नेछ । ब्लड मनीमा सहयोग, पासपोर्टको रकम घटाउने, जेल र अस्पतालका नेपालीको नाम संकलन जस्ता निर्देशन र सरकारको पहलकदमी त्यसैको परिणाम हुन् ।
  10. जनुयद्धमा त्याग गरेका साथीहरुलाई देशभित्रै रोजगारीको अवस्था सिर्जना गर्न प्रयत्न गर्नेछु । साथीहरुको आशा मरेको छैन । हामी सबै मिलेर साझा संकल्प गरौं, केही गर्न सकिन्छ ।
  11. हामी आत्मनिर्भरतातिर अगाडि बढ्नुपर्छ । कृषिको आधुनिकीकरणतिर पनि हामी जानुपर्छ । कृषि क्षेत्रका उद्योगहरु सञ्चालनमा राज्यले जोड दिनुपर्छ । राज्यलाई सहयोग गर्ने नागरिकहरुको क्षमता र प्रविधिको सदुपयोग गर्न सरकार तयार छ । नेपालमा रोजगारी सिर्जना गर्ने भनेको कृषिमा क्रान्ति नै हो । यसको अर्थ भनेको परम्परागत नभएर आधुनिक क्रान्ति नै हो । चक्लाबन्दी गरेर उत्पादनमा बृद्धि, कृषिमा औधोगिकीकरण र आधुनिकीकरण गरेर व्यापक रोजगारी सिर्जना गर्न सकिनेछ ।
  12. जन्म र मृत्युका बेला २० किलो चामल अनुदान दिने निर्णयले कर्णालीको अन्य विकासलाई रोक्दैन । प्रमूख जिल्ला अधिकारीले तोक लगाएर २ किलो चामल दिने हिजोको बिडम्बनाबाट कम्तिमा राहत दिन यो निर्णय गरिएको हो । कर्णालीको विकास, यातायात लगायतका क्षेत्रमा काम गर्न सरकार तयार छ, त्यसका लागि परामर्श सुरु पनि गरेको छु । जन्म र मृत्युका बेला २० केजी चामल दिने निर्णय अपमान होइन, सद्भाव र प्रेमको प्रतीक हो । कर्णालीको जीवनमा क्रान्ति ल्याउन सरकार गम्भीर छ ।
  13. डोल्पाको विकासको लागि यातायात पु¥याउने कुरा नै मूख्य हो । डोल्पा सदरमुकामको मोटरबाटोको स्तरोन्नति र माथिल्लो डोल्पासम्म बाटो लैजानुपर्छ, यसमा सरकारले आवश्यक निर्णय गर्नेछ ।
  14. दोस्रोपटक संविधान सभामा पु¥याउने सिरहाबासीप्रति आभारी छु । प्रधानमन्त्री भएपछि पहिलोचोटी सिरहा जाँदैछु । मेरो क्षेत्रका जनतासँग सम्बन्ध जोड्न र विकासका मुद्धामा सुझाव लिन म त्यहाँ जान लागेको हुँ । सरकार गम्भीर ढंगले बार्ता र सम्वादमा छ । संविधानको स्वीकार्यता बढाउने कुरामा सरकारले गृहकार्य गरिरहेको छ । हामी सहमतिको नजिक छौं । दिल्ली जानुअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्न ईच्छुक छु, त्यसका लागि प्रयत्नशील छु । हामी सहमति र संविधान संशोधनको नजिकै आइपुगेका छौं । सिरहाको कार्यक्रम मधेशी जनताको भावनात्मक विश्वासका लागि पनि हो ।
  15. भ्रमणका एजेण्डाको गृहकार्य भइरहेको छ । हिजोका सहमति, सम्झौता कार्यान्वयनको अवस्था बुझ्दैछु । देशका कुटनीतिज्ञ, उद्योगी व्यवसायी र विज्ञहरुको राय पनि लिइरहेको छु । राजनीतिक तहमा पनि गृहकार्य गर्दैछु । तर, ठूलो अपेक्षाभन्दा पनि आपसी सम्बन्ध मजभूत बनाउन र हिजोको अविश्वासको वातावरण सदाका लागि अन्त्य गर्न मेरो प्रयत्न हुनेछ ।
  16. नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र राष्ट्र हो । समानता र समान चासोका आधारमा नै कुटनीतिक सम्बन्ध हुनुपर्छ । नेपाल भारत दुवैले विगतको समीक्षा गरेर सम्बन्धलाई नयाँ आधारमा उठाउने प्रयत्न हुँदैछ । नेपालमा छिमेकबाट हुने भनिएको उच्चस्तरीय भ्रमण रोकिएको भन्ने प्रचार सत्य होइन । भारतबाट राष्ट्रपति आउने निश्चितजस्तै छ । चीनबाट आउने औपचारिक निर्णय भएको थिएन । तर, रोकिएको भन्ने कुरा निराधार हो । चीनियाँ राष्ट्रपति आउने औपचारिक निर्णय हुन बाँकी छ । हामी चीन र भारतबाट उच्चस्तरीय भ्रमण गराउन प्रयत्नशील छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending