Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भारत भ्रमणका क्रममा देशलाई अहित हुने कुनै सम्झौता गर्दिन–प्रचण्ड

\"prachand\"काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने बताउनुभएको छ । नेपाल इन्स्टिच्यूट अफ इन्टरनेसनल रिलेसन्सले आज यहाँ आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि विश्व राजनीतिमा शक्तिशाली दुई मुलुकको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री दाहालले नेपाली जनताको परिवर्तन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि दुई देशबीचको सम्बन्धलाई सन्तुलित गर्नुपर्नेमा जोड दिनुभयो । ठूलो चुनौती र जोखिमका बीचबाट मुलुक जनयुद्ध, शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेताले नेतृत्व गर्ने हो, लकिरको फकिर हुने होइन, नेतृत्वले नेतृत्व गर्ने क्रममा जोखिम लिन्छ, त्यो छुट दिनुपर्छ । यदि जोखिम लिने छुट दिनुहुन्न भने नेता बनाउन सकिँदैन । पछिल्लो समय तराई र पहाडलाई एकताबद्ध गर्न नेताले नेतृत्व लिँदैछ, त्यसमा तपाइँहरुको सहयोग चाहिएको छ ।” दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल–भारत सम्बन्धमा दरार पैदा गर्दै जानेतिर होइन समस्या समाधान गर्नेतिर नेपालको हितमा अधिकतम कुटनीतिक र राजनीतिक पहल लिने आवश्यकतामा नेतृत्व गर्न खोजेको छु, यसमा सहयोग चाहिएको छ ।” उहाँले भारत भ्रमणका समयमा नेपाली जनताको आधारभूत हित र सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विपक्षमा कुनै पनि काम नहुने स्पष्ट पार्दै संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल गर्ने र अब आइन्दा त्यस्तो अवस्था आउन नदिने वातावरण बनाउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री दाहालले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम र समझदारी पैदा गर्ने दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको आन्तरिक नीतिले विदेश नीतिमा असर पार्ने भन्दै त्यसमा मुलुकका सबै शक्तिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा सुझाव दिँदै पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाल भारतको सम्बन्ध नयाँ तरिकाबाट अगाडि बढाउने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल–भारत सम्बन्ध सन् १९६० को जस्तो होइन, सन् २०१६ को जस्तो हो, नेपाली जनताको भावनाअनुसार नै सम्बन्धलाई विकास गरिनुपर्छ ।” नेत्री कोइरालाले भारतसँगको सम्बन्धमा कुनै खोट देखिए त्यसलाई वार्ताबाट समाधान गरिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “नेपाली जनताको भावनालाई कुल्चेर होइन, राष्ट्र र मुलुकप्रति जिम्मेवार भएर सम्बन्धलाई मजबुत बनाउनुपर्छ ।” नेकपा (माओवादी केन्द्र)का परराष्ट्र विभाग प्रमुख तथा पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरुले भारतसँग असल मित्रको सम्बन्ध बनाउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भारत सम्बन्ध असल मैत्रीपूर्ण हुनुपर्छ, यो अनिवार्य कुरा हो, दुबै मुलुकलाई केन्द्रमा राखेर छलफल गर्नुपर्छ ।” नेता श्रेष्ठले मुलुकको परराष्ट्र मामिलामा सबै राजनीतिक दलबीच न्युनतम सहमति आवश्यक भएको बताउँदै राजनीति र कुटनीतिलाई सहीरुपले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending