Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

संविधान संशोधनबारे एमालेमा दुई धार

\"oli-nepal-750\" काठमाडौं, २५ भदौ । मधेसी दलहरुको माग सम्बोधन गर्न भन्दै सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा संशोधन गर्न नदिने पक्षमा रहेको एमालेमा संशोधनबारे दुई धार देखापरेको छ । आफ्नो नेतृत्वको सरकार ढालेको आवेगमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस–माओवादी गठबन्धन सरकार असफल पार्न संविधान संशोधन गर्नै नदिने पक्षमा देखिए पनि पार्टी एमालेका बरिष्ठ नेताहरु नै सहमतिमै अघि बढ्नुपर्नेमा देखिएका छन् ।  एमाले बरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायतका नेताहरु संविधान संशोधनमा सहमति जनाउनुपर्नेमा पार्टीभित्र बहस चलाएको स्रोतले बताएको छ । संविधान संशोधन गरी मधेसी दलको समेत साथ लिएर संविधान कार्यान्वयन गर्नेतिर जानुपर्नेमा एकथरी नेताहरुको भनाइ छ भने ओलीसहितका बहुमत नेताहरु भने संविधान संशोधन गर्न नदिने, चुनाव गर्न दबाब दिने र चुनाव गर्न नसकेर असफल बनाउने रणनीतिमा रहेका छन् । चुनाव नगराउने षड्यन्त्रमै आफ्नो सरकार ढालेको भन्दै माओवादी–कांग्रेसलाई दोष लगाउने ओलीको योजना छ । तर चुनाव नभएर संविधान असफल भएमा आफू पनि असफल हुने भन्दै एमालेकै नेताहरुले सहमतिका लागि दबाब दिएका छन् । सहमतिका लागि एमाले नेताहरुले दबाब दिएपछि संविधान संशोधनमा सहमति नजनाउने निर्णय गराउन एमाले अध्यक्ष ओलीले शनिवार स्थायी समिति बैठक बोलाएका हुन् । बहुमतको निर्णयबाट संशोधनमा अस्वीकार गर्ने निर्णय गराउने दाउमा ओली रहेको एमाले निकट स्रोतले बतायो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिवार दिउँसो तीन बजे स्थायी समिति बैठक बस्दैछ । बैठकमा स्थानीय तहको सिमाना निर्धारण आयोगले अघि सारेको गाउँपालिकाको संख्या, सरकारका पछिल्ला गतिविधिबारे समीक्षा गरिने बताइएको छ । वैठकमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा हुने सम्झौताबारेमा पनि छलफल गर्ने भएको छ । अपरान्ह स्थायी समिति बैठक बस्ने भएपछि एमाले बरिष्ठ नेता नेपालले शनिवार विहान प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका थिए । भेटमा नेता नेपालले भारत भ्रमणका क्रममा विवादित कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending