Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सवारी दुर्घटनापछि शिवज्योति हस्पिटलको यस्तो व्यापारीक धन्दा

\"shiva-joity\"काठमाडौं, २४ भदौ । सवारी साधनको एकाधिकार , कमजोर सडक पुर्वाधार , चालकको लापरबाही आदिका कारण नेपालमा सवारी दुर्घटनाको खबर प्राय दिनहुँ जस्तो सुन्ने गरिन्छ । सवारी दुर्घटना सवैका लागि अप्रिय लाग्ने खबर हो । तर नेपालमा सेवा भन्दा पनि फाइदा कमाउने उदेश्यले राजधानीमा च्याउ उम्रेसरी खुलेका निजी मेडिकल कजेलहरुले भने सवारी दुर्घटना पछि ठुलै उत्सव मनाउने गरेको तथ्य खुल्न आएको छ । उनीहरु विरामीहरुलाई आफ्नो हस्पिटलमा ल्याएर उपचारको बाहनामा नाफा कमाउन कतिसम्म गर्दारहेछन् भन्ने कुरा गत भदौ १९ गते मलेखुमा जिप दुर्घटनाबाट खुल्न आएको छ । गत भदौ १९ गते भएको मलेखु जिप दुर्घटनामा जिपमा सवार १५ जना घाइते भएका थिए । दुर्घटना पछि घाइतेहरुलाई राजमार्ग सामुदायिक हस्पिटल मलेखुमा प्रथामिक उपचारका लागि लागिएको थियो । प्रहरीले दुर्घटनाका घाइतेलाई उपचारका लागि राजधानी स्थित ट्रमा सेन्टर लान भनेपछि सबै घाइतेलाई राजधानी ल्याइयो । तर ६ वटा एम्बुलेन्समा ट्रमा सेन्टर पठाइएका बिरामीलाई काठमाडौंको बल्खु अवस्थित शिबज्योती हस्पिटल पुर्याइयो । प्रहरीले ट्रमा सेन्टर लानु भनेका विरामीलाई शिवज्योती हस्पिटलका डाईरेक्टर बताउने सरद अधिकारीले एम्बुलेन्स चालकहरुलाई घुस खुवाएर घाइतेहरुलाई आफ्नो हस्पिटलमा पुर्याएको आरोप लगाएका छन् । स्थानियका अनुसार एम्बुलेन्स चलकलाई दशदश हजार घुस खुवाएर ट्रमा सेन्टर पठाएको बिरामीलाई शिवज्योती हस्पिटल पुर्याइयो । साथै हस्पिपटलमा भर्ना हुन नपर्ने विरामीलाई पनि आइसियुमा राखेर उपचार गरिएको उनीहरुको आरोप छ । बिरामीहरुको उपचारको लागि यातायात समितिले १ लाख रुपयाँ हस्पिटलमा डिपोजिट गरेता पनि हस्पिटलले  विरामीको उपचारमा बढी खर्च लाग्ने भन्दै समितिले सम्पूर्ण खर्च व्यहोर्नु पर्ने बताएको छ भने यातायात समितिले भने त्यहाँ भन्दा बढी व्यहोर्न नसक्ने बताउँदै आएको छ । अहिले गजुरी चौकीमा उक्त घटनाको बारे उजुरी परेको छ । प्रहरीले एम्बुलेन्स चालक साथै शिवज्योती हस्पिटलका डाइरेक्टर बताउने सरद अधिकारीलाई अनुसन्धानलका चौकीमा बोलाएर अनुसन्धान शुरु गरेको छ । प्रहरीले घाइतेहरुको उपचार पछि थप अनुसन्धान गर्ने भन्दै अहिले एम्बुलेन्स चालकहरुलाई तरिखमा छोडेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: