Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

सवारी दुर्घटनापछि शिवज्योति हस्पिटलको यस्तो व्यापारीक धन्दा

\"shiva-joity\"काठमाडौं, २४ भदौ । सवारी साधनको एकाधिकार , कमजोर सडक पुर्वाधार , चालकको लापरबाही आदिका कारण नेपालमा सवारी दुर्घटनाको खबर प्राय दिनहुँ जस्तो सुन्ने गरिन्छ । सवारी दुर्घटना सवैका लागि अप्रिय लाग्ने खबर हो । तर नेपालमा सेवा भन्दा पनि फाइदा कमाउने उदेश्यले राजधानीमा च्याउ उम्रेसरी खुलेका निजी मेडिकल कजेलहरुले भने सवारी दुर्घटना पछि ठुलै उत्सव मनाउने गरेको तथ्य खुल्न आएको छ । उनीहरु विरामीहरुलाई आफ्नो हस्पिटलमा ल्याएर उपचारको बाहनामा नाफा कमाउन कतिसम्म गर्दारहेछन् भन्ने कुरा गत भदौ १९ गते मलेखुमा जिप दुर्घटनाबाट खुल्न आएको छ । गत भदौ १९ गते भएको मलेखु जिप दुर्घटनामा जिपमा सवार १५ जना घाइते भएका थिए । दुर्घटना पछि घाइतेहरुलाई राजमार्ग सामुदायिक हस्पिटल मलेखुमा प्रथामिक उपचारका लागि लागिएको थियो । प्रहरीले दुर्घटनाका घाइतेलाई उपचारका लागि राजधानी स्थित ट्रमा सेन्टर लान भनेपछि सबै घाइतेलाई राजधानी ल्याइयो । तर ६ वटा एम्बुलेन्समा ट्रमा सेन्टर पठाइएका बिरामीलाई काठमाडौंको बल्खु अवस्थित शिबज्योती हस्पिटल पुर्याइयो । प्रहरीले ट्रमा सेन्टर लानु भनेका विरामीलाई शिवज्योती हस्पिटलका डाईरेक्टर बताउने सरद अधिकारीले एम्बुलेन्स चालकहरुलाई घुस खुवाएर घाइतेहरुलाई आफ्नो हस्पिटलमा पुर्याएको आरोप लगाएका छन् । स्थानियका अनुसार एम्बुलेन्स चलकलाई दशदश हजार घुस खुवाएर ट्रमा सेन्टर पठाएको बिरामीलाई शिवज्योती हस्पिटल पुर्याइयो । साथै हस्पिपटलमा भर्ना हुन नपर्ने विरामीलाई पनि आइसियुमा राखेर उपचार गरिएको उनीहरुको आरोप छ । बिरामीहरुको उपचारको लागि यातायात समितिले १ लाख रुपयाँ हस्पिटलमा डिपोजिट गरेता पनि हस्पिटलले  विरामीको उपचारमा बढी खर्च लाग्ने भन्दै समितिले सम्पूर्ण खर्च व्यहोर्नु पर्ने बताएको छ भने यातायात समितिले भने त्यहाँ भन्दा बढी व्यहोर्न नसक्ने बताउँदै आएको छ । अहिले गजुरी चौकीमा उक्त घटनाको बारे उजुरी परेको छ । प्रहरीले एम्बुलेन्स चालक साथै शिवज्योती हस्पिटलका डाइरेक्टर बताउने सरद अधिकारीलाई अनुसन्धानलका चौकीमा बोलाएर अनुसन्धान शुरु गरेको छ । प्रहरीले घाइतेहरुको उपचार पछि थप अनुसन्धान गर्ने भन्दै अहिले एम्बुलेन्स चालकहरुलाई तरिखमा छोडेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending