Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

कांग्रेसको तरुण दलमा समानान्तर कमिटी गठन गरिँदै

\"tarun-dal\" काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलमा समानन्तर समिति गठन गर्ने तयारी गरिएको छ । महाधिवेशनको तयारीमा रहेको तरुण दलका असन्तुष्ट नेता कार्यकर्ताले सामानान्तर समिति बनाउने तयारी गरेका हुन् । रिपोटर्स क्लवमा शुक्रबार पत्रकार भेटघाट गरी असन्तुष्ट पक्षले सामानान्तर समिति गठनको तयारी गरिएको जानकारी दिएका छन् । विधान समिति संयोजक मोदिनी सिटौलासहित एक चाथाइ केन्द्रीय समिति सदस्यहरुले समानान्तर समितिको तयारी गरेका हुन् । संगठनमा समानान्तर समिति बनाउन भन्दै पार्टी केन्द्रीय नेताहरुले नै प्रश्रय दिइरहेका छन् । केन्द्रीय समितिको तर्फबाट नेतृत्व गरिरहेका रमेशप्रसाद खरेलले विधि सम्मत महाधिवेशन नभए सामानान्तर समिति नै गठन गरेरै भएपनि चुनावी मैदानमा उभिने बताए । असन्तुष्ट पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विधान समिति संयोजक मोदिनी सिटौलाले तमाम तरुणहरूको उर्जाशील विचार, संगठनको भावनामाथि संस्थापन पक्ष र तरुणदलको अवैधानिक नेतृत्वले जथाभावी रुपमा कुल्चन खोजेको आरोप लगाए । उनीहरुले जिल्ला जिल्लामा एकतर्फी निर्णय गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने, महाधिवेशनबाट कुनै पनि जिल्ला बञ्चित गर्न नपाइने, तत्काल जिल्ला अधिवेशन गरी महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन गरी महाधिवेशनको मिति र स्थान तय गर्नुपर्ने, संगठनको विधान पनि संशोधन गरी महाधिवेशन पहिले नै संघीय संरचना विधान निर्माण गर्नुपर्ने लगायतको माग राखेका छन् । महाधिवेशनको तयारीमा रहेको तरुण दलको विवादका कारण विभिन्न जिल्लाको सम्मेलन बाँकी नै रहेको छ । विभिन्न जिल्लाको विवाद समाधान नगरी महाधिवेशन हुनै नदिने असन्तुष्ट पक्षको भनाइ छ । आवश्यक परेमा देशभरी समानान्तर समिति गठन गरी महाधिवेशन बहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् । तरूण दलकाे कांग्रेस एकतापछि अहिलेसम्म महाधिवेशन हुन सकेकाे छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending