Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने

\"pm-prachanda-ca-speech\"काठमाडौं, २३ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सहमतिकै आधारमा आगामी असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने बताएका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाई चुनावको वातावरण बनाउन सबै दलहरुलाई आह्वान समेत गरे । उनले २०७४ माघ ७ भित्र तीनवटै तहका निर्वाचनका लागि सरकार प्रतिवद्ध रहेको बताए । वार्ताका नाममा धेरै समय पर्खने छुट आफूलाई नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले अब सहमति खोज्न ढिला गर्न नहुनेमा जोड दिए । स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगले ५६५ स्थानीय तह बनाउन प्रस्ताव गरेको छ । तर, यसबारे प्रमुख दलहरुबीच साझा धारणा बन्न सकेको छैन । रोल्पालाई ‘जनयुद्ध संग्राहलय’ सरकारले माओवादी जनयुद्धको उद्गम थलो रोल्पालाई जनयुद्ध संग्राहलय बनाउने भएको छ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहीबार ब्यवस्थापिका संसदमा संबोधन गर्दै रोल्पालाई जनयुद्ध संग्राहलय बनाउने घोषणा गरेका हुन् । रोल्पा माओवादी जनयुद्धको उद्गम थलो मानिँदै आएपछि विकासबाट उपेक्षित रहेको छ । भूकम्पपीडितले ८ लाखसम्मको सुविधा पाउने  प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडित ८ लाख राहत पुर्याउने घोषणा गरेका छन् । भूकम्पपीडितका लागि यसअघि दुई लाख दिने निर्णयमा एक लाख थप गरी २ लाख तथा सहुलियत अनुदानमा २ लाख दिने ब्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । स्वरोजगार कार्यक्रममार्फत थप ३ लाख गरी भूकम्पप्रभावित परिवारले ८ लाखसम्मको सुविधा पाउने प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले राजनीतिक सहमतिकै आधारमा आगामी असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा अध्ययन गर्ने र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई राष्ट्र निर्माणका लागि स्वयंसेवकका रुपमा परिचालन गर्ने बताएका छन् । छिमेकी देशसँग भएको अविश्वास हटाउन आफूले दुई उपप्रमलाई पठाएर आफूले सम्बन्ध हार्दिक बनाउन पहल लिएको प्रधानमन्त्रीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: