Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

डा. केसीले 'माफियाविरुद्धको आन्दोलन' नरोक्ने

त्रिभुवन विश्वविद्यालयअन्तर्गत आईओएम (इन्स्टिच्युट अफ मेडिकल साइन्स) ले प्रदान गर्ने चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा व्याप्त माफियाकरणका विरुद्ध आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई ‘अनसन नबस्न’ चेतावनी दिँदै प्रशासनले सोमबार लिखित ‘निर्देशन’ थमाएको छ । र, डा. केसीले भने कसैको दबाबमा आफूले स्वास्थ्य एवम् स्वास्थ्य शिक्षा क्षेत्रमा भइरहेको तीव्र माफियाकरणका विरुद्धको आन्दोलन नरोक्ने जवाफ फर्काएका छन् । ‘‘सोमबार प्रशासनले मलाई अनशन नबस्न निर्देशन–पत्र दिएको छ र पत्रमा उक्त निर्देशनविपरीत अनशन बसे यसबाट पर्नजाने प्रभावप्रति म स्वयम् नै जिम्मेवार हुनुपर्ने आशयको चेतावनी दिइएको  छ’, पत्र बुझेपछि डा. केसीले सञ्चारकर्मीहसँग भने– ‘यसअघि अनसन बस्दा यस किसिमको पत्र आए–नआएको सम्झना मलाई छैन, अहिले दिइएको औपचारिकताका निम्ति अनुरोधात्मक पत्र हो ।’ सरकारसँग १० सूत्रीय माग राखेर आमरण अनशनमा बसेका केसीलाई अस्पताल प्रशासनले अनसन सुरु भएको भोलिपल्ट पत्र पठाएर त्यस्तो ‘निर्देशन’ दिएको हो। मेडिकल शिक्षासम्बन्धी व्यवस्थित नीति तर्जुमा नगरेसम्म नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिइनु नहुने डा. गोविन्द केसीको मुख्य माग छ । र, सरकारले यसअघि डा. केसीको योसहितका विभिन्न माग पूरा गर्ने लिखित प्रतिबद्धता जाहेर गरिसकेको छ । तर यतिबेला पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतका एमाले नेताहरुले सञ्चालन गर्न खोजेको ‘मनमोहन मेमोरियल शिक्षण अस्पताल’ लाई जसरी पनि सम्बन्धन दिइनुपर्ने दबाब सरकामाथि परिरहेका कारण सरकारले मनमोहनसहितका केही नयाँ मेडिकल कलेजहरुलाई तत्काल सम्बन्धन दिलाउन त्रिभुवन विश्वविद्यालयत र आईओएममाथि चर्को दबाब दिइरहेको छ । सरकार र दोस्रो सत्ताधारी दल एमालेको दबाबमा परेर सरकारले यसअघि नै डा. गोविन्द केसीसँग सम्झौता गरिसकेका विषय उल्टन थालेपछि उनी पाँचौं पटक आइतबादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित ‘डक्टर्स लाउञ्ज’ मा आमरण अनशनरत छन् । डा. केसीले यसअघि चार पटक आमरण अनशन बस्दा सरकारले दिएका आश्वासन र गरेका सम्झौताविपरीत मेडिकल कलेजहरूलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाइएपछि उनी पाँचौं पटक आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले यस पटक सर्वसाधारणलाई सम्बोधन गरेर आन्दोलन सुरु गरेका छन्। ‘सरकारले नसुनेपछि सर्वसाधारणलाई गुहार्नैपर्‍यो’– डा. केसीले भने। अनसन थाल्नुअघि माग पूरा गर्न १० दिनको अल्टिमेटम दिँदा समेत वास्ता नगरिएपछि बाध्य भएर उनले पाँचौं पटक आमरण अनशन सुरु गरेका हुन् । डा. केसीको आन्दोलन सुरु भएयता सरकारका कुनै पनि आधिकारिक प्रतिनिधिले उनीसँग भेटघाट र छलफल गरेका छैनन् । ‘कोही पनि बुझ्न र केही भन्न आएको छैन’– उनले भने । ‘‘यसपटक सबै माग पूरा नगरी म आन्दोलन रोक्दिनँ किनभने सबै माग एक–अर्कासँग अन्तर्सम्बन्धित छन्’, उनी भन्छन्– ‘सरकार सुतेर बसेको छ, राज्य नै माफियाले चलाएका छन्। तिनका विरुद्धको मेरो आन्दोलन सबै माग पूरा नगरी यसपटक रोकिँदैन।’ डा. केसीलाई सर्वसाधारण, विद्यार्थी, विभिन्न पेसागत व्यक्तिहरूलगायतले भेटेर उनको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउन थालेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending