Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सरकार फेरिए पनि शिक्षा नीतिमा परिवर्तन हुँदैन : शिक्षामन्त्री पौडेल

\"drकाठमाडौँ, २२ भदौ । शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने बताएका छन् । राष्ट्रिय शिक्षा दिवसको पूर्व सन्ध्यामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सातौँ वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारपिच्छे शिक्षाका नीति र प्रणाली परिवर्तन गर्दा लगानीअनुसारको प्रतिफल र संविधानले व्यवस्था गरेका मौलिक हक पूर्ण कार्यान्वयन हुन नसकेको बताए । मन्त्री पौडेलले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका पालाका अघि सारिएका १८ बुँदे शैक्षिक सुधारका प्रतिबद्धताबमोजिम राष्ट्रिय शिक्षा आयोग गठन हुने र शिक्षा ऐन संशोधन कार्यान्वयनमा जाने जानकारी दिए । मन्त्री पौडेलले शिक्षाको मौलिक हक कार्यान्वयन गर्नु र शिक्षाका लगानी बढाउनु राज्यको दायित्व भएको पनि उल्लेख गरे । नेकपा ९एमाले० का सांसद रवीन्द्र अधिकारीले शिक्षा र विकासलाई सँगै अघि बढाउनुपर्ने तथा औद्योगिक विकास मात्र नभई सामाजिक विकास र रुपान्तरणका लागि नागरिक क्षेत्रले काम गर्नुपर्ने बताए । शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले शिक्षा ऐन संशोधनले संविधानको पूर्ण मर्म बोक्न नसकेको भन्दै स्थानीय तहमा दिइएको शिक्षाको अधिकारको कार्यान्वयनको व्याख्या हुने गरी कानुन आउनुपर्ने बताए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौलाले शिक्षकसँग सहकार्य गरेर मात्र शिक्षामा रुपान्तरण हुन सक्ने बताए । दुई दिनसम्म चल्ने सभामा महिला, दलित, सीमान्तकृत र शिक्षाका विषयमा कार्यपत्रसहित छलफल हुनेछ भने संस्थाको नयाँ नेतृत्व पनि चयन हुनेछ । सम्मेलनमा मुलुकभरका करिब ९० जनाको सहभागिता रहेको अध्यक्ष राजकुमार गन्धर्वले जानकारी दिए । यस वर्षको शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending