Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सरकार फेरिए पनि शिक्षा नीतिमा परिवर्तन हुँदैन : शिक्षामन्त्री पौडेल

\"drकाठमाडौँ, २२ भदौ । शिक्षामन्त्री धनीराम पौडेलले सरकार परिवर्तन भए पनि शिक्षाका नीति र प्राथमिकता परिवर्तन नहुने बताएका छन् । राष्ट्रिय शिक्षा दिवसको पूर्व सन्ध्यामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सातौँ वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारपिच्छे शिक्षाका नीति र प्रणाली परिवर्तन गर्दा लगानीअनुसारको प्रतिफल र संविधानले व्यवस्था गरेका मौलिक हक पूर्ण कार्यान्वयन हुन नसकेको बताए । मन्त्री पौडेलले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका पालाका अघि सारिएका १८ बुँदे शैक्षिक सुधारका प्रतिबद्धताबमोजिम राष्ट्रिय शिक्षा आयोग गठन हुने र शिक्षा ऐन संशोधन कार्यान्वयनमा जाने जानकारी दिए । मन्त्री पौडेलले शिक्षाको मौलिक हक कार्यान्वयन गर्नु र शिक्षाका लगानी बढाउनु राज्यको दायित्व भएको पनि उल्लेख गरे । नेकपा ९एमाले० का सांसद रवीन्द्र अधिकारीले शिक्षा र विकासलाई सँगै अघि बढाउनुपर्ने तथा औद्योगिक विकास मात्र नभई सामाजिक विकास र रुपान्तरणका लागि नागरिक क्षेत्रले काम गर्नुपर्ने बताए । शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले शिक्षा ऐन संशोधनले संविधानको पूर्ण मर्म बोक्न नसकेको भन्दै स्थानीय तहमा दिइएको शिक्षाको अधिकारको कार्यान्वयनको व्याख्या हुने गरी कानुन आउनुपर्ने बताए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौलाले शिक्षकसँग सहकार्य गरेर मात्र शिक्षामा रुपान्तरण हुन सक्ने बताए । दुई दिनसम्म चल्ने सभामा महिला, दलित, सीमान्तकृत र शिक्षाका विषयमा कार्यपत्रसहित छलफल हुनेछ भने संस्थाको नयाँ नेतृत्व पनि चयन हुनेछ । सम्मेलनमा मुलुकभरका करिब ९० जनाको सहभागिता रहेको अध्यक्ष राजकुमार गन्धर्वले जानकारी दिए । यस वर्षको शिक्षा दिवसको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: