Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पुल निर्माण नहुँदा जलविद्युत्मा गरिएको २२ अर्बको लगानी प्रभावित

\"suspensionबेसीशहर, २२ भदौ । पूर्वी लमजुङको दोर्दीखोलामा निर्माणाधिन नौथर–सेरा जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण विगत– ५ वर्षदेखि अलपत्र छ । दोर्दी करिडोरका एक दर्जन गाविस जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको सो पुलको काम ठेकेदारले समयमै अघि नबढाउँदा स्थानीय वासिन्दाले सास्ती खेप्नुपरेको छ । एउटै ठेकेदारले धेरै काममा ठेक्का पार्ने अनि काम सुरु गरेर वर्षौसम्म अलपत्र छाड्दा समस्या भएको हो । ठेकेदार पाएजति सबै ठेक्का आफँै लिने र कामदारको अभाव देखाएर वर्षौं सम्म काम अपलपत्र पार्ने प्रक्रियाको अन्त्य हुनुपर्ने माग सांसद लालबहादुर तमुको छ । ६ वर्षअघि रु पाँच करोडको लागतमा निर्माण सुरु गरिएको पुल यतिबेला अलपत्र छ । छ वर्षको अवधिमा पुलमा तीनवटा पिलर बन्नुबाहेक अन्य कुनै पनि काम भएको छैन । विसं।२०७० असार मसान्तसम्ममा पुल निर्माण गरिसक्न थप म्याद दिइएको थियो तर २०६८ देखि २०७० सम्म ठेकेदार कम्पनी सपना जयबाबा जेभीले एक÷एक वर्षको फरकमा एउटा एउटा खाडल खन्दै पिलर राख्दै आएपनि विगत दुई वर्षदेखि पुल बनाउने कार्यमा सिन्को पनि नभाँचेको स्थानीय राजनीतिक दलका प्रतिनिधिको भनाइ छ । काँग्रेस सभापति भेषबहादुर पौडेल भन्छन्– “ हामीले चारवर्ष अघि नै पुलः निर्माणका लागि भन्दै खाडल खनेको देखेका थियौँ तर अहिलेसम्म खाडल खन्ने र पुर्ने बाहेक पुलःनिर्माणको काम अघि बढेको पाइएन । त्यस्ता ठेकेदारलाई तत्काल कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । ” ठेकेदार कम्पनीले बारम्बारको चेतावनीलाई समेत बेवास्ता गरेपछि ठेक्का प्रक्रियानै रद्द गरेर नयाँ प्रक्रियामा जाने तयारी भएको जिल्ला विकास समितिले बताएको छ । दोर्दी करिडोरमा मात्र जलविद्युत् क्षेत्रमा निजी क्षेत्रबाट रु २२ अर्ब भन्दा बढी लगानी भएको तर पुलःनिर्माणले गति नलिँदा वर्षायाममा सबै जलविद्युत् आयोजनाको काम रोक्नुपर्ने बाध्यता छ । स्थानीय विकास अधिकारी शेखर पौड्यालका अनुसार जिल्लाको दोर्दी करिडोरमा मात्र जलविद्युत् आयोजनका लागि रु २२ अर्ब लगानी भइसकेको छ तर नदीमा पुलःनिर्माण नहुँदा वर्षायाममा काम रोक्नुपर्ने बाध्यता छ । पुल निर्माण छिटो गर्न बारम्बार ताकेता गरे पनि ठेकेदारले कानमा तेल हालेर बसेको छ । सडक डिभिजन कार्यालयले पनि ठेकेदारलाई बारम्बार ताकेता गरिएको तर उसले कुनै सुनुवाई नगरेकाले ठेक्का प्रक्रिया खारेजी गरेर नयाँ बोलपत्र आह्वानको तयारी रहेको जनाएको छ सो पुलःनिर्माण नहुँदा पूर्वी लमजुङका दर्जन भन्दा बढी गाविस सडक सञ्जालसँग जोडिन सकेका छैनन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending