Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सातवटा चोरीका मोटरसाइकल पक्राउ

\"bike\"मेलम्ची, २२ भदौ । इलाका प्रहरी कार्यालय मेलम्चीले वैशाखदेखि हालसम्म सातवटा चोरीको मोटरसाइकल पक्राउ गरी सम्बन्धित सवारीधनीलाई बुझाएको छ । काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी–निकासी गरेर ल्याएका सातवटा मोटरसाइकल नियमित चेकजाँचका क्रममा विभिन्न मिति र समयमा विभिन्न स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताए । २०७१ वैशाख ३१ गते सवारीधनी सानुकान्छा खड्काको बा २५ प ४७३१ नंको होन्डा साइन ११० सिसीको कालो मोटरसाइकल काठमाडौंको बत्तीसपुतलीबाट चोरी भएको थियो । मोटरसाइकल पार्किङ गरेको केही समयमा हराएको उनले तुरुन्तै पुलिसमा रिपोर्ट गरेका थिए । इलाका प्रहरी कार्यालयमा कार्यरत ट्राफिक मोहन श्रेष्ठ र गीताप्रसाद काफ्लेको टोलीले नियमित चेकजाँच र छड्के चेकका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ । खड्काले आफूले मोटरसाइकल हराएको १५ महिना बितिसक्दा भेट्ने आशासमेत नरहेको र प्रहरीले मोटरसाइकल फेला परेको सूचना दिने बित्तिकै खुसी भएको जानकारी दिए । त्यस्तै, जाँचका क्रममा तीनवटा १५० सिसीको बा४६प २१२०, सोही अवस्थाको बा ४३ प ७३ नम्बर, बा ५७ प ७३५, बा ६४ प ८९, बा ३९ प ७३२८ र बा ३९ प ११६७ गरी जम्मा सातवटा मोटरसाइकल पक्राउ गरी सवारीधनीलाई बुझाउन प्रहरी सक्रिय भएको छ । बानेश्वरमा हराएको मोटरसाइकल यसरी भेटिएला भनेर आशै मरिसकेको र प्रहरीको साथ तथा सहयोगपश्चात् आफूले पुनः पाएकोमा निकै खुसी लागेको काठमाडौं–८ बस्ने प्रमोद विष्टले बताए। प्रहरी निरीक्षक डाँगीका अनुसार पहिल्लो समय मोटरसाइकल हराउने क्रम बढेपनि प्रहरीको सक्रियता बढेसँगै चोरीको मोटरसाइकल पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेपछि लुटेराले नम्बर प्लेट फेरबदल गरेर चलाउने गरेको प्रहरीको भनाइ छ । मोटरसाइकल चोरीपश्चात् स्वरुप परिवर्तन तथा भिन्न रङ प्रयोग गरी मोटरसाइकल चलाउने प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending