Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ–मन्त्री महत

\"Prakash-Sharan-Mahat\"ललितपुर, २१ भदौ । परराष्ट्र मन्त्री डा।प्रकाशशरण महतले राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर पराष्ट्र नीति बनाउनु पर्ने बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषदद्वारा आज यहाँ आयोजित नेपालका परराष्ट्र नीतिका कडी विषयक अन्तक्रियामा बोल्दै उहाँले समृद्ध नेपाल बनाउने लक्ष्यअनुरुप अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । ‘‘विदेश नीति बनाउन जति महत्वपूर्ण छ, त्यति नै क्रियाशील हुनु जरुरी छ’’–उहाँले भन्नुभयो । छिमेकी देशसँगको सम्बन्ध छरछिमेकको जस्तो बनाउनु आवशयक रहेको उहाँको भनाइ रहेको छ । विश्वासको सम्बन्ध कायम रहने गरी विदेश नीतिको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो । कुटनीतिकमार्फत विदेश नीतिलाई मजवुत र सम्बन्धलाई अझ विकसित गर्न सकिने उहाँले बताउनुभयो । भारतसँग पहिलेदेखि नै अन्तरसम्बन्ध रहँदै आएकाले यसलाई थप मजवुत बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो । यसैगरी चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमै राम्रो हुँदै आएकाले उक्त सम्बन्धलाई विकसित गरिंदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । छिट्टै नै प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भारत भ्रमणले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल हुने उहाँको धारणा थियो । प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतको राष्ट्रपतिले पनि नेपालको भ्रमण गर्ने उहाँको भनाइ थियो । संस्थाका अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले मजवुत विदेश नीतिले मात्र देशको विकास सम्भव रहेको बताउनुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: