Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विप्लव माओवादीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यसो भने

\"prachanda\" काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको दैनिक जीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ सरकारले नियमित बजार अनुगमन गरिरहेको र त्यसबाट सकारात्मक परिणाम आइरहेको बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले बजार अनुगमनलाई नियमित गर्ने र कालोबजारी तथा कमिसनखोरलाई कानुनको दायरामा ल्याउने प्रयास जारी रहेको बताए । आमजनताको माग जतिसक्दो धेरै सम्बोधन गर्न तथा राहत दिन सरकार र आफू पूर्णरुपमा प्रतिबद्ध भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सकारात्मक सहयोग गर्न माओवादीका नेतालाई आग्रह गरे । प्रधानमन्त्री दाहालले भने, “आमजनताको माग समावेश गरेर ज्ञापनपत्र बुझाउन आउनुभो, यसले आफूलाई काम गर्न सहयोग पुग्ने छ, यसैगरी सकारात्मक सहयोग गर्नुस्, सरकार पूर्णक्षमताका साथ जनतालाई राहत प्रदान गर्न क्रियाशील छ ।” ज्ञापनपत्रमा दाल, चामललगायत दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत सहुलियत दिन माग गरिएको छ । दाल, चामल, तेल, पिठो, दूध, तरकारी, फलफूल, मासु र मसलाको मूल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरेको माओवादीका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए । ज्ञापनपत्र बुझाउन पुगेका माओवादीका अर्का नेता सन्तोष बुढा मगरले जनताको दैनिक जीवनसँग जोडिएका विषयमा विशेष ध्यान दिन र जनतालाई राहत प्रदान गर्न आफूहरुले प्रधानमन्त्रीसँग माग राखे । सो अवसरमा प्रधानमन्त्रीले सरकार जनतालाई बढीभन्दा बढी राहत दिन क्रियाशील रहेको र त्यसैलाई ध्यान दिएर बजार अनुगमनलाई गति दिइएको बताउनुभएको नेता मगरले जानकारी दिए । ज्ञापनपत्रमा किसानका सबै उत्पादन राज्यले खरिद गरी सिधै उपभोक्तासम्म पु¥याउने व्यवस्था गर्न, विचौलियाको जालो ध्वस्त पार्न र सो कार्यमा सङ्लग्नलाई कारबाहीको दायरामा ल्याउन, माथिल्लो कर्णाली, अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय कम्पनीसँग गरिएको आयोजना विकास सम्झौता (पिडिए) तत्काल खारेज गरी स्वदेशी पूँजीमा नै निर्माण गर्न आग्रह गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending