Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

न रह्यो घर, न रहे घरमूली ! परिवार बिचल्लीमा

म्याग्दी, २१ भदौ । म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् । मध्यरातमा आएको बाढीको बारेमा स्थानीयवासीलाई सूचना दिएर परिवारलाई भगाएका पूर्णप्रसाद आफै घरभित्रका कागजात लिन जाने क्रममा बाढीले घर नै बगाएर बेपत्ता बनाएपछि बिचल्लीमा परेका बाँकी परिवार शोकमा डुबेका हुन् । ‘‘हामीलाई भगाएर बचाएँ तर आफैँ बाँच्न सकेनन्, केही दिन बाढीले बगाएको बगरमा खोजी ग¥र्यौं, तर उहाँको केही पत्तो लागेन, टमायाँले भनिन् ।” पूर्णप्रसादलाई बाढीले बगाएको दुई दिनपछि उनका छोरा र श्रीमती बाढीले बगाएको बस्ती नजिकै चिलाउनेखर्कमा बस्तुभाउ राख्दै आएको छाप्रोमा किरिया बसेका छन् । “ घर पनि बगायो, घरमूली पनि रहनुभएन, हामी उनकै भरमा पालिएका थियौँ, अब कसरी छोराछोरी पाल्नेरु ” टमायाँले गहभरी आँसु निकाल्दै भनिन् – “अन्यत्र कहीँ घर र राम्रो जग्गा जमिन नभएपछि गोठमा आएर उहाँको किरिया गर्न लागेका छौ। ” बुबाको किरिया बसेका २० वर्षीय डिलु अहिले अरुसँग केही बोल्नै नसक्ने भएका छन् । रातदिन उनी भीषण बाढीले घर र बुबालाई बगाएको सम्झँदै भक्कानिएर रुने गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनीसँगै दुई बहिनीले पहिले नै पढाइ छाडेका थिए । अहिले कान्छी छोरीले ५ कक्षामा पढ्दै छिन् । आर्थिक अवस्थाले थेग्न नसकेपछि उनलाई पनि विद्यालय पठाउने कि नपाउने सिञ्जालीको परिवार अन्योलमा छ । “मेरो पनि स्वास्थ्य कमजोर छ, अर्काकोमा काम गर्न सक्दिनँ, श्रीमान्ले नै मजदुरी गरेर हामीलाई पाल्नुभएको थियो, अब के गर्ने केही सोच्नै सकेको छैन, टमयाँले थपिन् ।” “न घर न घरमूली १ सिञ्जाली परिवारको आर्थिक स्रोत पनि केही छैन, उनीहरुले अरुको काम गरेरै जीविका चलाएका थिए, अब बसोबासको व्यवस्था गर्न निकै समस्या भएको छ ।” नेपाल रेडक्रस सोसाइटी बेग उपशाखाका पूर्ण परियारले भने । बेगखोलामा आएको भीषण बाढीले त्यहाँका ११ घरसहित पूरै बस्ती बगाउनुका साथै गाविसका विभिन्न स्थानका थप चार घरमा पूर्ण क्षति पु¥याएको थियो । बेगखोलाको बाढीले घरबार विहीन बनेसँगै त्यहाँका बाढीपीडितलाई विभिन्न निकायबाट राहत जुटाउन सुरु गरिए पनि उनीहरुको स्थायी बसोबासको व्यवस्था भने हुन सकेको छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: