Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

फिलिपिन्सका राष्ट्रपति रोड्रिगोद्वारा ओबामामाथि आक्रमण

\"duterte_philippines_ap_nocredit\" लाओस, २१ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले ओमेरिकी राष्ट्रपति बाराक ओबामालाई अश्लिल किसिमले गाली बेइज्जती गरेका छन् । रोड्रिगोले एकदमै भद्दा ढंगले अश्लिल शब्दले आक्रमण गरेका हुन् । लाओसमा हुन गइरहेको आसियान शिखर सम्मेलनमा जानुअघि सोधिएको प्रश्नको जवाफमा रोड्रिगोले ओबामालाई अराजक र अपमानजक ढंगले गाली गरेका थिए । रोड्रिगोले ओबामालाई आमाचकारी गाली गरेपछि ओबामाले लाओसमा हुन गइरहेको आसियान शिखर सम्मेलनमा उनीसँग भेट पनि अस्वीकार गरेको सीएनएनले जनाएको छन् । ह्वाइट हाउका अधिकारीहरुकाअनुसार अब राष्ट्रपति ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्वेन हीसँग भेट गर्नेछन् । रोड्रिगोले ओबामालाई भद्दा ढंगले गाली गरेको भन्दै लाओसमा मानवअधिकारको मुद्दाबारे ओबामाले भाषण नदिने भएका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो र अमेरिकी राष्ट्रपति ओबामाकाबीच मंगलबार बैठकको प्रस्ताव गरिएको थियो । \"obama-pointing-Getty-640x480\" लाओस प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति ओबामासँगको सम्बन्धकाबारेमा पत्रकारहरुले राखेको प्रश्नको जवाफमा राष्ट्रपति रोड्रिगोले भने, ‘तपाईलाई सम्मान गर्छु, तर प्रश्न सोध्ने र बयान दिएर मात्रै काम चल्दैन । यदि वैश्यपुत्रले यस्तो गरे भने मैले मुखभरीको जवाफ दिनेछु ।’ उनले भने, ‘फिलिपिन्स एक सम्प्रभु राष्ट्र हो । हाम्रो मालिक केवल फिलिपिन्सका जनता हुन्, अरु कोही होइनन् ।’ पछिल्लो समय फिलिपिन्समा सरकार र ड्रग तस्करबीच संघर्ष चलिरहेको छ । रोड्रिगो मादक पदार्थ तस्करको विरुद्धको आफ्नो अभियानलाई लिएर विवादित बनेका छन् । जुन ३० मा आफ्नो कार्यभार सम्हालेपछि फिलिपिन्समा तस्करसँग भएको संघर्षमा २४ सय भन्दा बढी नागरिक मारिएका छन् । राष्ट्रपति रोड्रिगोले आफू सत्तामा आएको ६ महिनामा एक लाख ड्रग अपराधीको अन्त्य गर्ने सत्तामा आउनुअघि नै प्रतिवद्धता जनाएका थिए । जी सम्मेलनमा पनि उनले तस्करविरुद्धको कारबाही जारी राख्ने संकल्प दोहोर्याएका छन् । दोस्रो विश्वयुद्ध भन्दाअघि फिलिपिन्स अमेरिकाको उपनिवेश रहेको थियो । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending