Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

चितवन देखि धादिङसम्मको ३८ स्थान दुर्घटनाको उच्च जोखिममा

\"bus-accident-tursili\"चितवन, १७ भदौ । दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ । अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलविरे घुमाउनेमा समेत एउटा ट्रक त्रिशूली नदीमा खसेपछि यहाँको सडक सुरक्षाको अवस्था अध्ययन गरी जोखिम क्षेत्र पहिचान गरिएको हो । जिल्ला ट्रफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा नारायणगढ–मुग्लिन सडक आयोजनाको संयुक्त अनुगमनपछि यसरी दुर्घटना जोखिम क्षेत्रको पहिचान गरिएको हो । झन्डै ५० किमी रहेको सो क्षेत्रमा ३८ स्थानमा दुर्घटनाको उच्च जोखिम क्षेत्र पहिचान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्र्रमुख राजन भेटवालले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिक सङ्केत, आवश्यक भौतिक निर्माणलगायतका काम गरेर सुरक्षित क्षेत्र बनाउन आग्रह गरिएको छ । चितवनको जुगेडीदेखि मुग्लिनसम्म २५ किमी क्षेत्रको ३२ स्थानमा र मुग्लिनदेखि मौवाखोलासम्मको झन्डै २० किमी क्षेत्रका छ स्थानमा दुर्घटना क्षेत्र पहिचान गरिएको छ । मुख्यगरी नारायणगढ–मुग्लिन क्षेत्रमा पर्ने गाईघाट, घुमाउने, कालीखोला, चार किलो हाइट, पाँच किलो, भालुपहाड घुम्ती, भोर्ले पुल, जलविरेलगायतक क्षेत्र बढी जोखिममा रहेको भेटवालले बताए । यस्तै मुग्लिन उता मौवाखोलासम्म नाग्दीपुल, मुग्लिन मोड, रमाइलो डाँडा, कुरिनटार, डाहकी पुल, फिस्लिङ क्षेत्र दुर्घटनाको जाखिममा छ । सो जोखिम क्षेत्रमा सडक साँघुरो, निर्माणाधीन अवस्था, ग्याविङ वाल भएको, सिमेन्ट प्याराफिट, मेटल क्रस बेरिएर जीर्ण भएको, ट्रफिक सङ्केतसमेत नभएको पाइएको प्रहरीले जनाएको छ । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायसहितको टोलीले सडक अध्ययन तथा अवलोकनपछि उनकै निर्देशनमा यसरी दुर्घटनाग्रस्त क्षेत्रको पहिचान भएको हो । पहिचान भएका सबै क्षेत्रमा दुर्घटना न्यूनीकरणका उपाए अपनाउन थालिएको र सडक जाँचलाई कडाइ पारेको प्रहरीले जनाएको छ । चितवनका प्रजिअ विनोदप्रकाश सिंहले सडक सुरक्षाका विषयमा कुनै कसर बाँकी नराखी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले स्थानीय प्रशासनको समेत सडक सुरक्षामा गम्भीर रुपमा ध्यान पुगेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending