Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका प्रमुख किन आउँदैछन् नेपाल ?

\"ICC\"काठमाडौं, १६ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का कार्यकारी प्रमुखसहितको टोली नेपाल आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)मा भएको विवाद मिलाउनका लागि नै आईसीसी टोली नेपाल आउन लागेको हो । आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनसहितको तीन सदस्यीय उच्चस्तरीय टोली आगामी आइतबार नेपाल आउने भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख रहने जनाइएको छ । क्यानमा भएको विवाद मिलाउन भन्दै राखेपले गरेको पहलपछि आईसीसी टोली नेपाल आउन लागेको हो । समानान्तर समिति सञ्चालन गरिँदा आधिकारिकता विवाद जस्ता कारणले क्यान आन्तरिक द्वन्द्वमा फसेको छ । सरकारी तहबाट नै यसलाई मिलाउने कुनै पहल नगरी झनै क्यानमा राजनीतिक मलजल गरेपछि समस्या बढेको हो । नेपाल आउने आईसीसी टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खेलकूद मन्त्री दलजीत श्रीपाइलीसँग भेट गरी समस्या समाधानका लागि छलफल गर्नेछ ।  प्रधानमन्त्री प्रचण्ड र खेलकूदमन्त्री श्रीपाइलीसँगको भेटपछि कार्यदल गठन गरी क्यानको विवाद मिलाउने आईसीसीको प्रस्ताव छ । टोलीले प्रधानमन्त्री र खेलकूद मन्त्रीसँग भेट गर्ने समय मिलाउनसमेत राखेपलाई पत्राचार गरेको छ । आईसीसीकै अधिकारीको नेतृत्वमा रहने उक्त कार्यदलले बनाएको ऐनअनुसार नै क्यानमा नयाँ नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन गरिने पत्रमा उल्लेख छ । नेपाली क्रिकेटको यही अवस्थाबारे अध्ययन गर्न आईसीसीको टोली गत जुलाई पहिलो साता पनि नेपाल आएको थियो । त्यतिबेला आईसीसीको टोली नेपाली क्रिकेटसँग सम्बद्ध र सरोकारवालाहरूसँग छलफल गरेर फर्किएको थियो । अब आउने टोलीले भने विवाद सुल्झाउने अपेक्षा गरिएको छ । क्यानको विवाद मिलाउन यसअघि आईसीसीले पटक पटक आग्रह गरेको थियो । विवादकै कारण नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन छुट दिए पनि क्यान निलम्बन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending