Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

गोरखावासी स्थानीय नुव्री स्वायत्त क्षेत्रको माग गर्दै

\"panderyu\"लोकराज जैसी काठमाण्डौं, १५ भदौ । गोरखा जिल्लाको स्थानीय निकाय पुर्न संरचना सम्बन्धमा नुव्री स्वायत्त क्षत्रको माग गर्दै गोरखाका सात राजनीतिक दलहरु संम्मीलित टोलिले आज स्थानीय विकास मन्त्री हितराज पाण्डेंलाई ज्ञापन पत्र बुझाएका छन् ।सिंहदरवार पुगेर स्थानीय मन्त्री पाण्डेंलाई आफ्नो माग पत्र बुझाउँदै टोलीका नेता छेवाङ दोर्जेले गोरखा जिल्लाको पुर्न संरचना सम्बन्धमा प्राविधिक समिति मार्फत प्रस्ताव गरिएको मापदण्डमा त्यहाँका अल्पुसंख्यक,अति सीमान्तकृत (लार्के नुव्रीहरु) को भावना संम्बाधन नभएकोेले आफुहरुले नुव्री स्वायत्त क्षेत्रको माग गरेको बताए । प्रस्तावित गाउँपालीका प्रसाशन र राजनीतिक इकाई मात्र नभै नुव्री समुदाय,साँस्कृतिक र राजनीतिक भूगोलकोरुपमा विकास गर्न सकेमा मात्र अल्पसंख्यक,तथा सिमान्तकत समुदायको आर्थिक,राजनैतिक,भाषिक लगाएत पहिचानको संरक्षण हुने भएकाले नुव्रीलाई छ्ुट्टै स्वायत्त क्षत्र बनाउनु पर्ने उनिहरको माग थियो । उनीहरुको माग पत्र बुझ्दै मन्त्री पाण्डेंले यस विषयमा राजनैतिक दलहरु सँग सल्लाह गर्ने र आयोगले गरेको कामका विषयमा जानकारी लिने बताए । मन्त्री पाण्डेंले आयोगको नियम र सिमान्तकृत समुदायको विशेष अधिकारको आधारमा यसको समाधान खोजीने भन्दै सुझाव सल्लाह र ज्ञापन पत्रको लागी धन्यवाद दिएका थिए । नेपाल सरकारले नेपाल आदीवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्रको स्मरण गराउदै उनीहरुले आफ्नो ५ बुँदे माग बुझाएका हुन् । उनीहरुले जिल्लाको उत्तरी क्षेत्रमा विश्वको आठौं मनासलु हिमाल भएकाले हिमाली क्षेत्र घोषणा गर्नुपर्ने,विही,प्रोक,ल्हो र सामागाउँ गाविसलाई एउटा संरक्षण क्षेत्र र स्वायत्त क्षेत्र वा गाउँपालीका बनाउनु पर्ने, ति गाविसको बिचमा पर्ने भञ्जम भन्ने ठाउँमा सदरमुकाम हुनुपर्ने लगाएतका माग उनिहरुले अघि सारेका छन् । यस विषयमा जिल्ला र के्रन्द्रका सम्पूर्ण राजनीतिक दल,राज्य पुर्न संरचना आयोग र जिविसलाई पनि उनीहरुले ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउन काङ्ग्रेस,माओवादी केन्द्र,नयाँशक्ति नेपाल,रापप्रा लगाएत सात दलबाट छेवाङ् ध्याल्चन लामा, ज्यामयाङ् दोर्जे लामा, कर्मा छेवाङ् लामा, निमा दुण्डुप, साङगे दोर्जे लगाएत १६ जना स्थानिय नेताहरु आएका आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: