Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

बेपत्ता परिवार भन्छन्, सरकार : कि लास चाहियो, कि सास चाहियो

\"bepatta\"काठमाडौँ, १४ भदौ । “यत्रो वर्ष भयो, कुनै अत्तोपत्तो छैन, न लास छ, न सास छ” – बेपत्ता परिवारका शर्मिला त्रिपाठीले आज आयोजित एक कार्यक्रममा दुःख पोखिन । उहाँका पति ज्ञानेन्द्र त्रिपाठी बेपत्ता भएको अहिलेसम्म जीवत वा मृत फेला पर्न सकेका छैनन् । “न पार्टी न राज्य कसैले हेरेको छ, मान्छे मार्नेलाई जन्मकैद गर्नुपर्छ” – उनको आक्रोश थियो । त्रिपाठीको जस्तै पीडा छ विमला ढकालको पनि । “सरकारले दिने भनिएको रु १० लाख पनि अहिलेसम्म दिइएको छैन, शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था केही छैन” – भावविह्वल भएर उनले सुनाइन । विमलाका पति गोरखा जिल्लाका तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष राजेन्द्र ढकाललाई राज्यद्वारा बेपत्ता पारिएको अहिलेसम्म पत्ता लागेको छैन । शर्मिला र विमलाको जस्तै धेरै व्यक्तिले सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका छन् । द्वन्द्वपछि शान्ति सम्झौता भएको १० वर्ष बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति अझै सम्पर्कमा आएका छैनन् । बेपत्ता पारिएका व्यक्तिका आफन्त अझै पनि आफ्ना मान्छेहरू आउने आशमा छन् तर यतिका वर्ष बितिसक्दा पनि सम्पर्कमा नआउँदा उनीहरूको पीडा बल्झिएको हो । “युद्धका बेलामा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारमा आफन्त आउने आश अझै मरेको छैन ।” – बेपत्ता परिवार समाजका संस्थापक अध्यक्ष एकराज भण्डारीले भन्नुभयो – “हराए, मारिए वा जिउँदै छन्, पत्ता नलाग्नु ठूलो पीडा हो ।” बेपत्ता भएका व्यक्तिका परिवारमा विचल्ली छ । कमाउने छोरा र छोरी मारिएका छन् । राज्यले उनीहरूको संरक्षणको जिम्मा लिनुपर्ने हो त्यो पनि प्रभावकारी भएको छैन । रोजगारी, शिक्षा र स्वास्थ्यको व्यवस्था पनि हुन सकेको छैन । अधिवक्ता तथा मानव अधिकारकर्मी गोविन्द बन्दीका अनुसार राज्य वा विद्रोही पक्ष जसले बेपत्ता पारे पनि बेपत्ता पार्ने काम जघन्य अपराध हो । जुन अन्तर्राष्ट्रिय मानव अधिकारविरुद्ध छ । आज ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज यहाँ आयोजना गरेको छलफलमा महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालीन घटनाको यथार्थ पत्ता लगाउन आयोगलाई स्वतन्त्र रूपका काम गर्न दिनुपर्ने बताए । “दुई आयोगले द्वन्द्वपीडितकै न्यायका लागि काम गर्ने हो, सरकारले यी आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ” – उनले भने– “आयोगलाई आवश्यक पर्ने स्रोत र साधन समेत राज्यले व्यवस्था गर्नुपर्छ । ” पीडकलाई माफी दिन आयोग निर्माण भएको भ्रम सिर्जना भएको छ भन्दै महान्यायाधिवक्ता श्रेष्ठले “आयोग पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न गठन भएको हो ।” शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले बेपत्ता परिवारको पीडा आफूले महसुस गरेको सुनाए । पीडित परिवारको व्यथा मैले पनि भोगेको छु, तपार्इंहरूको पीडा मेरो पनि पीडा हो भन्दै उहाँले आयोगबाट निर्धक्क रूपमा काम अघि बढाउन र पीडितलाई क्षतिपूर्ति दिलाउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठित आयोगमा अहिलेसम्म दुई हजार ८६४ उजुरी परेको छ । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन भइरहेकाले सत्यतथ्य बाहिर आउनेमा विश्वत हुन आग्रह गरे । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगस्टका दिन मनाउने गरिएको छ । दिवस मनाउने क्रम सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरु भएको हो । गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्य मानवाधिकारको ठाडो उल्लङ्घन हो । अन्तर्राष्ट्रिय रूपमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालय, रेडक्रस, अन्तर्राष्ट्रिय समितिजस्ता संस्थाले यसबारे विश्वव्यापी रूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् । नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको थियो । २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता आज १० वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending