Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागमा नराख्न अर्थमन्त्री महराको निर्देशन

\"krishna-baharud-mahara1\"काठमाडौं, १४ भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभागमा नराख्न निर्देशन दिएका छन् । अर्थमन्त्री महराले भन्सार मंगलबार भन्सार विभाग पुगेर विभागको कार्यक्षमता बढाउन भन्सार विभागका कर्मचारीलाई उक्त निर्देशन दिएका हुन । अर्थमन्त्री महराले अहिलेको काम गराईले राजस्वको लक्ष्य पुरा नहुने भन्दै कार्यक्षमता बढाउन कर्मचारीलाई निर्देशन दिए । उनले भन्सार प्रशासनमा सुधारका लागि ब्रेक थ्रु आवश्यक रहेको भन्दै त्यसको सुरुवातका लागि कर्मचारीले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए । महराले भन्सारका कर्मचारी घुस्याया हुन्छन् भन्ने प्रचार रहेको भन्दै त्यसलाई चिर्नका लागि पारदर्शिता प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले कम्युटर र प्रविधिसँग अनभिज्ञ कर्मचारीलाई भन्सार विभाग र मातहतका कार्यालयबाट अन्यत्रै सरुवा गर्ने व्यवस्था मिलाउन विभागका महानिर्देशक शिशिर ढुंगानालाई निर्देशन दिए । विभाग अन्र्तगत अहिले अधिकृतस्तरका २ सय ३९ जना तथा सहायकस्तरका ५ सय २४ जना कर्मचारी छन् । कार्यक्रममा भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले राजस्व प्रशासनमा सुधारका लागि चालिएका प्रयासबारे जानकारी गराएका थिए । त्यसक्रममा उनले खासगरी लत्ता कपडा, मसला लगायतका केही वस्तुको चोरी पैठारी उच्च रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीसहित सुरक्षा निकायमा प्रमुखहरुको बैठक बस्न आवश्यक रहेको बताए । भन्सार विभाग मातहत ३१ वटा मुल भन्सार र १ सय ४३ वटा छोटी भन्सार छन् । छोटी भन्सार मध्ये ९३ वटा भने बन्द अवस्थामा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: