Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

संबिधान संशोधन मधेशी जनताको माग होइनःज्ञवाली

\"gyawali\"भक्तपुर, १४ भदौ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले राखेको संबिधान संशोधनको माग मधेशी जनताको माग नभएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै ज्ञवालीले मधेशी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेशी जनताको माग भन्दै संबिधान संशोधन गर्नु गलत हुने र संबिधान संशोधनका लागि नेपालमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेशी जनताको माग नभई केही नेताहरुकै माग भएको स्पष्ट भएको बताए । उनले जायज मागहरुको सम्बोधनका लागि बिगतमै एमालेले संबिधान सशोधनका लागि महत्वपूर्ण भूमिका खेलेको सबैका अघि प्रष्ट भएको भन्दै जायज माग बाहेक केही नेताहरुको स्वार्थ पुरा गर्न संबिधान संशोधनका लागि एमाले कदापी तयार नहुने बताए । बिगतमै तीनै निर्वाचनको मिति तय भएता पनि हाल सरकारमा रहेको गठबन्धनले बिभिन्न बहानाबाजी गरि निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाउँदै ज्ञवालीले निर्वाचन गर्ने वाताबरण बनाउने तर्फ भन्दा पनि बिगार्ने तर्फ लागेकाले निर्वाचन हुनेमा शंका ब्यक्त गर्दै संबिधान कार्यान्यवनको पाटोलाई ओझेलमा पार्ने खेल भईरहेको बताए । केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेका कामहरु जसरी वर्तमान सरकारले उल्टाउँदै छ यसले राजनीतिक दलहरुबीचको दुरी बढाउनुका साथै नयाँ प्रकारको राजनीतिक द्वन्द्वको अवस्था देखिएको ज्ञवालीले बताए । उनले एमाले जसरी पनि निर्वाचन हुनु पर्ने पक्षमा रहेको र संबिधान कार्यान्वन र यसको रक्षाका लागि समेत निर्वाचन अपरिहार्य रहेकाले निर्वाचन गराउनु पर्ने भन्दै ज्ञवालीले यदि निर्वाचन नभए देशमा संबैधानिक संकट देखिने र यसले संबिधान कार्यान्वयनमा अप्ठेरो स्थिति श्रृजना गर्ने उनको भनाइ छ । बिशेष परिस्थितिमा अन्य मूलुकमा दुतहरु पठाउने परम्परा रहेता पनि वर्तमान सरकारको गठबन्धनसँगै जसरी नेपालका दुई छिमेकी देशमा दुतहरुको दौडाहा गरियो यो गलत भएको ज्ञवालीले टिप्पणी गरे । उनले भने, ‘प्रचण्डले प्रधानमन्त्री भए पछि भारतका प्रधान मन्त्रीलाई जसरी पत्रचार गरे त्यो कुटनीतिक मर्यादा भन्दा बाहिरको बिषय हो ।’ केपी ओलीको सरकारले अन्य देश सँग रहेको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याएको र नेपालीको शिर उच्चो पार्ने काम गरेता पनि वर्तमान सरकारले फेरी असन्तुलित सम्बन्धको बिस्तार गर्दै छ यसले नेपाल र नेपालीका लागि दिर्घकालिन असर पार्ने उनले बताए । नेपालमा प्रत्यक्ष रुपमा देखिएको बैदेशिक हस्तक्षेप सबैका अघि स्पष्ट भएकाले राजनीतिक दलहरुले बेलामै आफ्नो देशको रक्षाका लागि एक हुन नसके त्यसको प्रभाव भोलीको पीडिले भोग्नु पर्ने भन्दै ज्ञवालीले भने राजनीतिक द्वन्द्व निम्ताउँदै लाभ लिनेहरुका अघि नेपालकै राजनीतिक दलहरु सजग हुन सके कसैले केही गर्न सक्ने छैनन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending