Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

किर्किस्थान हिँडेका दुई युवतीसहित सात पक्राउ

भीमदत्तनगर, रोजगारीका लागि किर्किस्थान जान लागेको भन्दै हिँडेका दुई युवतीसहित शङ्कास्पद सात जनालाई आज बिहान प्रहरीले पश्चिमी नाका गड्डाचौकीबाट नियन्त्रणमा लिएको छ । काठमाडौँ–दिल्ली रुटमा चल्ने बसमा सवार सिन्धुपाल्चोक मार्मिङ गाविस–२ का २१ वर्षीया धनमाया तामाङ र मोरङ सुन्दरपुर–६ का १९ वर्षीया सुस्मिता राई र धनमायाका भाइ दावाछिरिङ तामाङलाई सोधपुछका क्रममा शङ्का लागेपछि इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नियन्त्रणमा लिइएका सात जनालाई सार्वजनिकसमेत गरेको छ । पत्रकार सम्मेलनमा सुस्मिताले गाउँका हुसेन राई नाम गरेका युवकले किर्किस्थान रोजगारीका लागि पठाइदिने भन्दै आफूहरुबाट रु दुई÷दुई लाखसमेत असुल गरेको जानकारी दिए । त्यसैगरी धनमायाका भाइ दावाले आफ्नो दिदीलाई भारतको राजधानी दिल्लीसम्म पु¥याउन हिँडेको बताए । ‘कहाँ जाने, कसरी जाने, कसले लाने भन्नेबारे कुनै जानकारी यिनीहरुसित छैन’– जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व नीरञ्जन प्रधानले भने– ‘काठमाडौँको स्वयम्भूमा रहेको ओम टुर एण्ड ट्राभल्सले टिकट काटेको छ ।’ त्यसैगरी तीनजनासँगै सिन्धुपाल्चोक मार्मिङ गाविस–७ का ५७ वर्षीय सोनाम धर्के तामाङसहित उनकी छोरी, छोरा र बुहारीलाई समेत नियन्त्रणमा लिएको छ । सोनामकी छोरी पासाङल्हामु तामाङ, भाइको छोरा र बुहारी ग्यागेङ तामाङ र पूजा तामाङलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख प्रधानले सातैजनाको एउटै टुरले टिकट काटेको र उनीहरुले एकआपसमा परिचित नभएको प्रतिक्रिया दिएपछि थप शङ्का लागेको बताए । ‘यी सबैलाई एजेन्टमार्फत अन्यत्रै लग्न खोजिएको जस्तो छ, किर्किस्थान जानेलाई सम्झाएपछि घर फर्किन तयार भए ।’– उनले भने । पत्रकार सम्मेलनमा सुस्मिताले आफूहरुलाई किर्किस्थानमा मासिक ३० हजार पारिश्रमिक पाउने प्रलोवनमा दिल्ली भएर लैजान लागेको बताए । प्रहरी उपरीक्षक प्रधानले नियन्त्रणमा लिइएकाले दिएको टुर र होटल दुवैले फोन गर्दा नउठाएको बताए । प्रहरीले माइती नेपालमार्फत नियन्त्रणमा लिइएका सातैजनालाई घर फर्काउने जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies