Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अन्तर्राष्ट्रिय जगतमा ‘बौद्धिक संसार’ का नेपाली गतिविधि

काठमाडौं, अध्ययन, रोजगारी, उद्योग–व्यवसायलगायतका विभिन्न उद्देश्यले नेपाल छाडी समुद्रपार छरिएका नेपालीहरूले नेपाली भाषा, कलासाहित्य र संस्कृतिको प्रबद्र्धनका निम्ति विभिन्न गतिविधि गरिरहेका छन् । विश्वभरि छरिएर रहेका नेपालीभाषीहरूलाई भाषा, साहित्य, संस्कृति र शिक्षाको माध्यमबाट एकै सूत्रमा बाँधी उनीहरूको शैक्षिक उत्थानमा एक सशक्त अभियानको थालनी गर्ने उद्देश्यका साथ स्थापना भएको बौद्धिक संसार शैक्षिक प्रतिष्ठानले सन् २०१२ बाट संयुक्त राज्य अमेरिकाको लस एन्जलस क्षेत्रलाई आधार बनाएर पुस्तकालय व्यवस्थापन, छात्रवृत्ति वितरण तथा नेपाली भाषामा छापा पत्रिका प्रकाशन गरिरहेको छ । प्रतिष्ठानले घरआँगन जेहेनदार छात्रवृत्ति कार्यक्रमअन्तर्गत नेपालको दुर्गम जिल्ला संखुवासभाका तीनवटा विद्यालयहरूमा २२ जना विद्यार्थीहरूलाई  उपलब्ध गराउँदै आएको छात्रवृत्ति संख्या वृद्धिको क्रममा छ । त्यसैगरी प्रतिष्ठानले नेपाली भाषामा ‘समुदाय’ नामक नेपाली छापा मासिक पत्रिका विगत तीन वर्षदेखि निरन्तर रूपमा प्रकाशन गरी अमेरिकाका १८ वटा राज्यका ७०० ग्राहकहरूमा निःशुल्क वितरण गर्दै आएको छ । त्यसरी नै नारी दिवस २०१५ को सन्दर्भ पारेर नारीहरूको हित र कल्याणको लागि नारी हित कल्याण कोषको स्थापना गरी झन्डै ५०जनाको सहभागितामा दुर्इ हजार डलर संकलन भइसकेको छ र संकलनको क्रम जारी छ । प्रतिष्ठानद्वारा अमेरिकाको नेपाली वस्ती भएका स्थानमा आफ्नै पहल तथा सहकार्यमा नेपालसम्बन्धी विविध पुस्तकहरू संकलन गरी पुस्तकालय विस्तार गर्ने क्रममा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र मेरील्याण्ड राज्यको परिसरमा एक पुस्तकालयको स्थापना गरिएको छ जसको उद्घाटन एनआरएन आइसिसि संरक्षक अम्बिकाप्रसाद अधिकारी तथा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसिले संयुक्त रूपमा  गरे । प्रतिष्ठानले यसअघि क्यालिफोर्निया राज्यको आर्टेशिया सिटिमा अवस्थित लस एन्जलस काउन्टीको सामुदायिक पुस्तकालयसँग सहकार्य गरी नेपाल सम्बन्धी तथा नेपाली भाषाका पुस्तकहरू उपलब्ध गराइसकेको छ । हाल मेरील्याण्डमा स्थापनार्थ पुस्तकालयमा प्रतिष्ठानको तर्फबाट ४ थान दराज प्रदान गरिएको छ भने क्यालिफोर्नियाबाट एकराज पाण्डे, बलराम थापा, रामबाबु पाण्डे, उमा कार्की थापा, शान्तिराम ढकाल, संगीता शिवाकोटी, सुनन्दा थापा, प्रेम गुरागाइँ, चक्रपाणी मिश्र, युवराज खनाल, मुकुन्द ढुंगाना, कृष्ण कोइराला, ऋषी ढकाल, सुनयन थापा, सोहन थापा, भर्जिनियाबाट विष्णु पौडेल, नरेन्द्रवहादुर कटुवाल, डा किशोर उप्रेती, सुशिल नेउपाने, पर्शुराम तिमिल्सिना, दिपक विश्वकर्मा, प्रेम संग्रौला, नेत्र घिसिङ तथा मेरील्याण्डबाट खिलेन्द्रमणि नेउपाने, शान्ति नेउपाने, बुद्धिप्रसाद रेग्मी, सावित्री छेत्री, विवेक नेउपाने, विजय नेउपाने, डा हरिराज भट्टरार्इ, सरला नेपाल तथा गोपाल रायमाझी लगायतको सहयोगमा पुस्तकहरू उपलब्ध गराइएका छन् । प्रतिष्ठान निकट भविष्यमा अमेरिकाको अन्य शहरहरूमा पनि यस प्रकारका पुस्तकालयहरू स्थापना गर्ने क्रममा छ । सो अवसरमा प्रतिष्ठानले नेपाली भाषाको प्रारम्भिक अध्ययनका लागि “नेपाली वर्णमाला” निःशुल्क रूपमा वितरणको व्यवस्था  मिलाएको  थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies