Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मधेसमा माओवादीको लफडा

\"matrika-yadav-prabhu-shah\" काठमाडौं, १३ भदौ । मधेसमा नेकपा माओवादी केन्द्र कमजोर रहेको छ । माओवादी पार्टीहरुबीच भएको कोपभाजनको शिकार मधेसी नेताहरु पनि भए । क्षेत्रीय राजनीति गरेका मधेसवादी दलहरुले माओवादी पार्टीहरुको विभाजनको फाइदा उठाए । खासगरी माओवादीमा मात्रिका यादव मधेसका बलिया खम्बा मानिन्थे । पहिलो संविधानसभापछि नारायणकाजी श्रेष्ठ समूहसँगको एकतापछि मात्रिका टेंढिएर छुट्टै पार्टी चलाएका थिए । मात्रिकाले छुट्टै पार्टी चलाएपछि तत्कालिन एमाओवादीमा प्रभु साहले आफूलाई मधेसको मसिहा ठाने । अहिले मात्रिका यादव एकतामा समाहित भएपछि मधेसको जनाधार बलियो हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेसमेत विश्वास लिएका छन् । तर यादवको पुनरावृत्तिपछि भने प्रभु शाह निकै रुष्ट छन् । आफूलाई मात्र मधेसको नेता ठान्ने साहले प्रचण्ड नेतृत्वको सरकारमा आफूले चाहेकै मन्त्री नपाएपछि मन्त्रीसमेत अस्वीकार गरेका थिए । स्रोतकाअनुसार मात्रिकालाई प्रदेश नम्बर २ को इन्चार्ज बनाएपछि प्रभु नेतृत्वप्रति असन्तुष्ट छन् । तत्कालिन अवस्थामा बाबुराम भट्टराईका भनी चिनिएका प्रभु भट्टराईसँग पनि गएनन् । भट्टराईसँग पनि नगएर मधेसलाई बचाएको ठान्ने प्रभुले आफूसँग सल्लाह नै नगरी मात्रिकालाई प्रदेश इन्चार्ज बनाएकोमा रुष्ट भएको स्रोतको भनाइ छ । उनी आइतबार भएको २ नम्बर प्रदेशको बैठकमा समेत सहभागी भएनन् । प्रभुले आफूले चाहेको मन्त्री नपाएपछि भट्टराईतिर जाने गाइँगुइँ पेरिसडाँडातिर चलेको छ । माओवादीकै अधिकांश नेता कार्यकर्ता पनि सधैं नै प्रभुलाई नै रोजीरोजी मन्त्री दिनुपर्ने भनेर रोष प्रकट गर्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: