Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अब जनयुद्धका घाइते र अपाङ्गहरुको जिवन निर्वाह भत्ता वृद्धि हुन्छः प्रचण्ड

\"_DSC3232-750\"काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते र अपांगहरुको जिवन निर्वाह भत्तामा वृद्धि गरिने बताएका छन् । आइतबार साँझ दाङबाट आएको जनयूद्धका घाइते अपाङ्ग योद्धाहरुसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । भेटमा प्रधानमन्त्रीले जोखिमपूर्ण अवसरका रुपमा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचन भएको उल्लेख गर्दै भने, ‘यो हाम्रा लागि जोखिमपूर्ण अवसर हो । यसलाई फलदायी र उपलब्धिमूलक बनाउने संकल्प गरेको छु । यसपटक जनयुद्धका शहिद, बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरुको पक्षमा केही न केही काम गर्नेछु ।’ सो अवसरमा प्रधानमन्त्रीले युद्धका घाइते र अपाङ्ग योद्धाहरुको जीवन निर्वाह भत्ता वृद्धि गर्ने बताए । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताको राजनीतिमा सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने कारण आफूले चाहेर पनि विगतमा धेरै गर्न नसकेको बताएका छन् । उनले भने, ‘जनता र राष्ट्रको पक्षमा काम ईच्छाशक्ति थियो । तर, सम्झौताको राजनीतिमा सबैलाई मिलाएर लानुपर्ने र सबैका भावना समेट्नुपर्ने कारण विगतमा चाहेर पनि धेरै काम गर्न सकिएन । तर, यसपटक परिणाममूखी काम गर्नेछु ।’ चक्रपाणि शर्माको नेतृत्वमा दाङबाट आएको टोलीले जनयुद्धका घाइते र अपाङ्गहरुको जीवन निर्वाह भत्ता दोब्बर गर्न, सहज र सुलभ उपचारको व्यवस्था गर्न, पूर्ण सहुलियत सहितको राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न, राजनीतिक नियुक्तिहरुमा घाइते, अपाङ्गहरुलाई प्राथमिकता दिन, जीवन निर्वाह भत्तालाई पेन्सनमा रुपान्तरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: