Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बूढीगण्डकी परियोजनालाई विशेष प्राथमिकतामा राख्न प्रचण्डलाई आरुघाटबासीको आग्रह

\"aarughat काठमाडौँ, ११ भदौ । आरुघाटबासीले जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । आरुघाटवासीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान प्रधानमन्त्री प्रचण्डलाई सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माणसँगै जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण डुबानमा पर्न सक्ने बस्तीको उचित व्यवस्थापन गर्न उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनीहरुले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन पनि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो युवा अवस्थामा आरुघाटको बसाइँ र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैँ ऊर्जावान् भएको भन्दै त्यहाँको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रचण्डले जनयुद्धकालअघि आरुघाटमा पढाएका थिए । आरुघाटबासीसँगको भेटका क्रममा प्रचण्डले तीन वर्ष अध्यापन गर्दा र आरुघाट आफ्नो राजनीतिक जीवनमा सधैं ऊर्जाको स्रोत बनेको स्मरण गरे । ‘२३/२४ वर्षको उमेरमा आरुघाटमा अढाई/तीन वर्ष अध्यापन गरें । त्यो बसाई मेरो राजनीतिक जीवनमा सधैं उर्जाको स्रोत बनिरह्यो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईहरुसँग बिताएका दिनहरु कहिल्यै बिस्मृतिमा गएनन् ।’ आरुघाटवासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्नातर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । भेटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठ, सांसद छमबहादुर गुरुङलगायत सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: