Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

दुर्घटना बढेको बढ्यै

\"Nuwakot-Microbus-Accident\"शुक्रबार एकाबिहानै चितवनको नारायणगढ–मुग्लीङ सडक अन्तर्गत कालीखोलामा भएको सडक दुर्घटनामा २२ जनाले ज्यान गुमाए । बिहिबार भक्तपुरमा जन्ती बस दुर्घटना हुँदा ४२ जना भाइते भए । करिब २ साता अघि काभ्रेमा भएको सडक दुर्घटनामा २७ जनाले ज्यान गुमाए । यी त पहिल्ला केही दिनमा भएको सडक दुर्घटनाको तथ्याङ्क हो । नेपाल प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सडक दुर्घटनामा करिब १५ सय देखि दुईहजार मानिसले ज्यान गुमाउँछन् । प्रहरीको तथ्यांक अुनसार, सडक दुर्घटनामा दैनिक औसत ३ देखि ६ जनाको मृत्यु र ३३ देखि ४० जना घाइते हुने गरेका छन् । आर्थिक बर्ष २०७२/०७३ मा मात्रै देशभर २ हजार ६ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए  । आर्थिक बर्ष २०७१/७२ मा पनि २ हजार २ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । विज्ञहरुका अनुसार, चालकको लापरवाही, सडकको विग्रदो अवस्था, क्षमता भन्दा बढी यात्रु बोक्नुपर्ने बाध्यता लगायत दुर्घटनाका प्रमुख कारण हुन् । अर्कोतर्फ सडकमा काम रहेको यातायातको सिण्डिकेटका कारण पनि सवारी दुर्घटना बढेको हो । सडक दुर्घटना बढेपछि संसदको विकास समितिले अघिल्लो वर्ष संसदीय समिति बनाएको थियो । समितिले पूर्वाधारविनै सवारी साधन चलाएको, चालकको लापरबाही र नियामक निकायको अनुगमनमा देखिएको अनियमितताका कारण सवारी दुर्घटना बढेको निष्कर्ष निकालेको थियो । समितिले सडक दुर्घटना कम गर्न ४१ बुँदे सुझाव दिएको थियो । तर समितिको कुनै पनि सुझाव सरकारले कार्यान्वयन गरेको छैन । अर्कातर्फ संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि २०२० सम्मलाई सडक सुरक्षा दशक कार्ययोजना बनाई लागु गरेको छ । नेपालले पनि नेपाल सडक सुरक्षा कार्ययोजना लागु गर्ने प्रयास थालेको ३ वर्ष वित्न लागेको छ । तर पनि सडक दुर्घटना न्युनीकरण हुन सकेको छैन । अहिलेपनि साढे १२ हजार भन्दा बढि नेपालको सडक अन्तर्गत जम्मा साढे ६ हजार किमि सडक मात्रै कालोपत्रे भएको छ । करिब ५ हजार किमि सडक अहिलेपनि धुले सडकका रुपमा रहेको छ । जसका कारण पनि सडक दुर्घटना बढिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: