Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुने १५ जनाको सनाखत

\"Cqv5qtuUAAAqfRk-750\"चितवन, १० भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । घटनास्थलमा २१ जनाको मृत्यु भएको हो भने उपचारको क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको छ । अन्य केही हराइरहेको आशङ्कामा प्रहरीले खोजी कार्य जारी राखेको छ । थप एक जनाको घटनास्थलमा खोजी गर्ने क्रममा शव भेटिएको हो । सनाखत भएकामा रौतहट जिल्लाका आठ जना रहेका छन् । उनीहरुमा मुदलवा–३ बस्ने ३६ वर्षीय चितरन्दन यादव, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय बृजकिशोर कुशहवा, महमदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, बसतपुर–१ का २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौरी नगरपालिका–१२ बस्ने ५५ वर्षीय जोखु साह, इनरुवा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी रहेका छन् । सनाखत भएका अन्य दुईमा भारत पूर्वी चम्पारण विहारका ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । जसमध्ये १२ जनाको चितवन मेडिकल कलेज र चार जनाको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भईरहेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३७०९ नम्बरको बस गौरबाट ३० जना यात्रु लिएर आएको थियो । चन्द्रनिगाहपुरबाट चढेका नौ जना यात्रु र चालक दलका तीन जना सवार रहेको प्रहरीले जनाएको छ । नदीमा अझै चार जना बेपत्ता भएको अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेमा भारत सितबनीका २८ वर्षीया सुगन्ती गुप्ता, सोही ठाउँका २८ वर्षीय राजेश गुप्ता, गुप्ताकी ५ वर्षीया छोरी सुयता गुप्ता, गुप्ताकै दुई वर्षका छोरा आकाश गुप्ता रहेका छन् । त्यसैगरी सोही मेडिकल कलेजमा उपचाररत बसका सहचालक धादिङका २० वर्षीय राजन पाण्डे, पोखरा उपमहानगरपालिका–१५ का २० वर्षीया दिपीका थापा, रौतहट इनरबारी–४ का २८ वर्षीय रीतेसकुमार ठाकुर, रौतहट चन्द्रनिगाहपुरका नौ वर्षीया मिली साह, निजका दुई वर्षीय भाइ प्रिन्स साह, रौतहट भेडीआही–७ का ३० वर्षीय शेस्स राज, भारत शिवहर जिल्लाका ३६ वर्षीय फेकु राय र रौतहट वडहरवा–२ का २४ वर्षीय प्रमोद दास रहेका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी कलेज अफ मेडिकल साइन्सेसमा चन्द्रनिगाहपुर–३ का २५ वर्षीय श्याम न्यौपाने, चन्द्रनिगाहपुर–५ का ४० वर्षीय सन्जय साह, सर्लाही वसन्तपुर–१ का २५ वर्षीय अविनासकुमार चौधरी र गौरी नगरपालिकाका–११ वर्षीय सुशान श्रीवास्तवको उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: