Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वैद्य भन्छन्– प्रचण्डले नयाँ जनवाद छाड्न भनेका थिए

\"kiran-mohan नेपालगञ्ज, १० भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरुलाई नयाँ जनवाद छाड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आग्रह अस्वीकार गरेकै कारण एकता नभएको खुलासा गरेका छन् । थारुवान, भेरी–कर्णाली र सेती–महाकाली राज्यको बाँकेको कोहलपुरमा शुक्रबार आयोजित कमाण्डस्तरीय प्रशिक्षणमा बोल्दै वैद्यले आफूहरुले नयाँ जनवाद छाड्न अस्वीकार गरेकैले एकता नभएको कार्यकर्तालाई स्पष्ट गरे । आफूहरुले एकताका लागि आधार तयार गर्नका लागि वार्ता भनिए पनि एकीकरणका लागि वार्ता नगरेको पनि वैद्यको भनाइ छ । आफू सिद्धान्तनिष्ट एकताको पक्षमा रहेको र राष्ट्रिय सम्मेलन गरेर सैद्धान्तिक विवाद मिलाउने कुरा गरिरहँदा पद र प्रतिष्ठाको लोभमा बादल पक्षले गुटगत अवसरवादी प्रवृति देखाएको वैद्यले आरोप लगाए । बाबुराम–प्रचण्डबीचको सहमति क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले विगतमा प्रचण्ड र बाबुराम भट्टराईबीच भएको सहमति पनि खुलासा गरे । उनले प्रचण्ड र बाबुराम दुवैले क्रान्तिलाई धोका दिएको आरोप लगाए । ‘प्रचण्डको विचार बाबुरामले मान्ने र त्यसको बदलामा बाबुरामले प्रचण्डको नेतृत्वका स्वीकार्ने सहमति भएको थियो’, वैद्यले भने, ‘बाबुराम बदमास र प्रचण्ड क्रान्तिकारी भन्ने होइन, दुवैले क्रान्तिलाई धोका दिएका छन् ।’ उनले प्रचण्ड, बाबुराम र बादललाई नवदक्षिणपन्थी प्रवृत्तिको आरोप लगाए । अहिलेकै नेतृत्वले जनवादी क्रान्ति गर्ने आफूहरुले नयाँ जनवादी क्रान्ति नछाडेको उल्लेख गर्दै वैद्यले अहिलेको नेतृत्वले नै जनवादी क्रान्ति गर्ने दाबी गरे । आफूहरु नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेको भन्दै उनले यहि नेतृत्वले नै जनवादी क्रान्ति सम्पन्न गर्ने दाबी गरे । आफूहरु दक्षिणपन्थी प्रवृत्तिविरुद्ध लडिरहेको अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुले समेत स्वीकार गरेको उनले उल्लेख गरे । उनले आफ्नो पार्टी वैचारिक रुपमा ठीक रहेको भन्दै कार्यकर्ताहरुलाई आश्वस्त पारे । कोहलपुरस्थित मेडिकल कलेजमा आयोजित तीन राज्यका २० जिल्लाका राज्यसमिति सदस्यहरु सहभागी पश्चिम कमाण्डस्तरीय प्रशिक्षणमा केन्द्रीय समितिले गरेका निर्णयहरुबारे जानकारी गराउने काम भएको प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: