Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

शिक्षामन्त्रीलाई आफ्नै छोरीको यस्तो सुझाव !

काठमाडौं, १० भदौ । माओवादीले वर्तमान शिक्षा प्रणालीलाई बुर्जुवा शिक्षा प्रणाली भन्दै सधैं विरोध गर्दै आयो । तत्कालिन माओवादी जनयुद्धकाबेला बर्तमान शिक्षा बुर्जुवा शिक्षा प्रणाली भन्दै बुर्जुवा शिक्षा च्यात्ने भन्दै स्कुले विद्यार्थीहरुलाई पनि सँगसँगै जनयुद्धमा होम्यो । \"DR माओवादी शान्ति प्रक्रियामा आईसकेपछि माओवादी जनयुद्धका कमाण्डर वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ताहरुलाई जनयुद्धमा गरेको योगदानका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने भनी दिएको प्रशिक्षण अहिले पनि सम्झिन्छन् । पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालिन एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । त्यसयता तत्कालिन माओवादीकै अर्का नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री बने । भट्टराईकै कार्यकालमा दिनानाथ शर्मा शिक्षामन्त्री बने । शर्मापछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा माओवादीकै नेता गिरीराजमणि पोखरेल शिक्षामन्त्री भए । माओवादी नेताहरु प्रधानमन्त्रीदेखि शिक्षामन्त्री भए पनि उसैले भन्ने गरेको त्यहि बुर्जुवा शिक्षा प्रणालीलाई नै प्रश्रय दिँदै अाएकाे छ । \"DRहालै तत्कालिन जनयुद्धका कमाण्डर तथा अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । कांग्रेस गठबन्धनमा भागबण्डा मिलाउन भन्दै विनाविभागीय मन्त्रीको सपथ गराइएका माओवादी नेता धनीराम (डीआर) पौडेल शिक्षामन्त्री बन्ने अवसर पाएका छन् । संयोग नै भन्नुपर्छ प्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री पनि माओवादीलाई मिलेको छ । तर आफैले भनेको बुर्जुवा शिक्षा प्रणालीलाई कसरी सुधार ल्याउँछन्, हेर्न बाँकी छ । तर तिनै शिक्षामन्त्रीकी छोरी जागृति पौडेलले आफ्नो बुवालाई जनतालाई सिकाउँदै आएको सर्बसुलभ र जनमुखी शिक्षा शिक्षा पद्धति ब्यवहारमा लागू गर्न सुझाव दिएकी छन् । ‘शिक्षा क्षेत्रका दलालहरु तपाईको छेउ पर्न डराउन्,’ जागृतिले सामाजिक सञ्जालमार्फत आफ्ना बाबुलाई शुभकामना दिँदै भनेकी छन्, ‘हजुरले सधै हामीलाई अनि सबैलाई भन्दै र सिकाउदै आएको सर्वसुलभ र जनमुखी शिक्षा पद्धतिको थोरैभए पनि सबैले ब्यबहारमै अनुभुति गर्न पाउन् ।’ उनले बाबुले पाएको शिक्षा मन्त्रालयको जिम्मेवारी डिग्रीको सर्टिफिकेट लिएर विदेशी दुतावासमा लाम लागेका नेपाली युवाका लागि स्वदेशमै मौका सिर्जना गर्ने अवसरको युग बनोस् भन्ने समेत शुभकामना दिएकी छन् । कहिल्यै विद्यालयका मुहार नदेखेका सम्पूर्ण नेपाली छोराछोरीका लागि मन्त्री पद अभिभावकत्व महशुस गर्ने समय बनोस् भन्ने शुभकामना समेत दिएकी छन् । विनाविभागीय मन्त्रीको सपथ खाएका पौडेललाई शुक्रबार कांग्रेसबाट थप १३ जनाको सपथपछि शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: