Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सम्पतिको लोभमा बुद्धिबाहादुरले गरे आफ्नै आमाको बन्चरोले हानी हत्या

\"hatya\"जाजरकोट, १० भदौ । जग्गा नामसारी गर्न नमानेको कारण सक्ला–१, लैखमका बुद्धिबहादुर खत्रीले साउन २२ गते बञ्चरोले हानेर आफ्नै आमाको हत्या गरे । हत्या गर्नु दुई दिनअघि घर नजिकैको बारीमा खाल्डो खनेर दुई दिनपछि आमाको हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ । सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षीया आमा देउमतीको हत्या गरेको प्रहरीले भनाइ छ । बुद्धिबहादुरका बाबुको मृत्युपछि आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । लैखम साँघुतरा नलसिंहगाड जलविद्युत् आयोजना निर्माण गर्दा प्रभावित हुने भएकाले त्यहाँका नागरिकलाई आयोजनाले मुआब्जा दिने भएपछि आमाबाट बुद्धिबहादुरले आफ्नो नाममा जग्गा नामसारी गर्न आमालाई दबाव दिँदै आएका थिए । आमाले नमानेपछि जाजरकोट सदरमुकाम जाँदा बाटोमै भिरबाट खसालेर मार्ने योजनासमेत रहेको बुद्धिबहादुरले स्वीकार गरेका छन् । हत्या कसरी गरे ? गत साउन २२ गते राति सुतिरहेको अवस्थामा बञ्चरोले प्रहार गरी देउमतीको हत्या गरेको बुद्धिले प्रहरीसमक्ष बयान दिएका छन् । हत्या गर्नु दुई दिनअघि नै श्रीमतीलाई खाल्डो खन्दा कसैले नदेखून् भनी आवतजावत गर्ने मानिसको निगरानी गर्न लगाएका थिए । खाल्डो खनी तयार भएको दुई दिनपछि अर्थात् साउन २२ गते बुद्धिबहादुरले म सेपुखोला जान्छु मेरो उतै राति बसाइ हुन्छ, छोराछोरी डराउँछन्, सासूबुहारी सँगै सुत्नुहोला भनी सल्लाह गरेर हिँडेका थिए । तर बुद्धिबहादुर राति फर्केर आपmु छुट्टै कोठामा सुते । सुतेका श्रीमान्लाई उनकी श्रीमतीले तीनपटक सम्म उठाउने प्रयास गरिन् तर बुद्धिबहादुर नउठेपछि अन्तिम पटक ओढेको कपडा निकालेर बुद्धिबहादुरलाई आफू र सासू सुतेको ठाउँमा ल्याएको बयानका क्रममा बुद्धिले बताएको निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले बताए । बुद्धिले साउन २३ गते आमा हराएको भनी गाउँमा हल्ला गरेका थिए । उनले प्रहरी चौकी सेपुखोलामा गएको भदौ २ गते आमा हराएको भन्दै खोजी गरिदिन हुलिया सहितको निवेदन दिएका थिए । तर बुद्धिको व्यवहार अस्वाभाविक र शङ्कास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो । घटनास्थल लैखम विद्युत् आयोजनाको बाँध निर्माणस्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युत्गृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ । केही समयमै निवेदन सङ्कलन गरी मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी चार लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ । बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाइ छ । बुहारीले दबाब दिएकी रहिछन् आफ्नो जेठाजुको छोरालाई समेत अंश लाग्ने सासूको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दबाब दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ । देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाति कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोसिस गरिएको थियो । तर मालपोत कार्यालयले अंशियार अरू पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए । घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दबाब दिइरहेको प्रहरीले बताएको छ । “पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दबाब दिएको देखिएको छ”, घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भने, “नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।” प्रहरीले यसरी निकाल्यो लास खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गत शनिबार मात्र उत्खनन गरेको थियो । लास सडिसकेको अवस्थामा भेटिएको भट्टले बताए । लास अन्यत्र लान सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर शवपरीक्षण गरिएको प्रहरी निरीक्षक भट्टले बताए । हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमती शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत जाजरकोटले उनीहरुलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न आदेश दिएको छ । दुवै लोग्नेस्वास्नीलाई आजीवन कारावासको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताए । अबको १५ दिनभित्र हत्याको सबै अनुसन्धान प्रक्रिया सकिने प्रहरी प्रमूखको भनाइ छ । आमाबाबु जेलपरेपछि छोराछोरीको बिचल्ली लोग्नेस्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको बिचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षीया दुई छोरी र ७ वर्षीय छोरा हेरिदिने घरमा कोही नहुँदा बिचल्ली भएको हो । आमाबाबु जेल गएपछि निर्दोष बालबालिकाको शिक्षादीक्षा र पालनपोषणबारे सर्वत्र चिन्ता बढेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: