Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मध्यपश्चिम विश्वविद्यालयमा अखिल क्रान्तिकारी बलियो

\"Mid-Western-madhya सुर्खेत, १० भदौ । मध्यपश्चिम विश्वविद्यालयमा पहिलो पटक हुन लागेको स्ववियू निर्वाचनमा माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी बलियो देखिएको छ । मध्यपश्चिम विश्वविद्यालयमा पहिलो पटक यहि भदौ १२ गते स्ववियू निर्वाचन हुँदैछ । यसअघि भदौ ७ गतेका लागि तय गरिएको मतदान विप्लव माओवादीका विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण भदौ १२ गतेका लागि सारिएको हो । विप्लवसम्बद्ध क्रान्तिकारीसँग वार्ता भइ सहमति भएपछि भदौ १२ गते मतदान गरिने भएको हो । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ता लगायतका कार्यक्रम सकिसकेको छ । सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सुर्खेतमा पहिलोपटक मिश्रित प्रणाली अन्तर्गत २८ वर्षे उमेरहद प्रणाली लागू गरी स्ववियू निर्वाचन गर्न लागिएको हो । यसअघि त्रिभुवन विश्वविद्यालय मातहतमा रहँदा सुर्खेत क्याम्पसमा अखिल क्रान्तिकारी नै विजयी भएको थियो । यसपटक पनि अखिल क्रान्तिकारी नै बलियो रहेको क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत दाबी गर्छन् । मध्यपश्चिम विश्वविद्यालयको अवधारणा पनि क्रान्तिकारीले नै अघि सारेको भन्दै उनीहरु केन्द्रीय क्याम्पसमा स्ववियू हत्याउने दाउमा छन् । क्रान्तिकारीले स्ववियू सभापतिमा राजेन्द्र बुढालाई अघि सारेको छ भने सचिवमा रवि केसी र कोषाध्यक्षमा जानकी रेग्मीले उम्मेदवारी दिएका छन् । सदस्यमा सुरेन्द्र महत, विशला विक्रम साउद, राधा विक रविन्द्र कार्की लक्ष्मि प्र पाण्डे, बमबहादुर भण्डारी र सन्देश सिंहले उम्मेदवारी दर्ता गराएका छन् । स्ववियू अध्यक्षमा एमाले सम्बन्ध अनेरास्ववियूबाट प्रभात पोखरेल र कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेबिसंघबाट झक्कबहादुर शाही प्रतिष्पर्धी छन् । आइतबार मतदान हुने भएकाले स्ववियू निर्वाचन समितिले नै शुक्रबार चुनावी सभाको आयोजना गरेको थियो । निर्वाचन समितिले गरेको सभामा सभापतिका प्रतिष्पर्धीहरुलाई आ–आफ्ना एजेण्डासहित धारणा राख्न दिइएको थियो । क्रान्तिकारीका अध्यक्षका उम्मेदवार बुढाले अखिल क्रान्तिकारीले नै मध्यपश्चिम विश्वविद्यालय जन्माएको भन्दै शिशु अवस्थामा रहेका विश्वविद्यालयलाई हुर्काउने अवसर पनि आफ्नो संगठनलाई दिन विद्यार्थीहरुसँग अपिल गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: