Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कांग्रेसको भागबण्डाले ज्वाई ससुरालाई सरकारमा चिट्ठा

\"gaganकाठमाडौं, १० भदौं । नेपाली कांग्रेस भित्रको भागबण्डाको राजनीतिले यतिबेला कांग्रेस नेता अर्जुननरसिंह केसी र गगन थापा लाई चिट्ठा परे सरह भएको छ । उनीहरु नाताले ज्वाई ससुरा हुन । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेको तर्फबाट ज्वाई गगन र ससुरा अर्जुन नरसिंह केसी दुवै जना मन्त्री बनेका छन् । कांग्रेस भित्रकै केसी देउवा पक्षका हुन भने थापा सिटौला पक्षका हुन । नेपाली कांग्रेसको १३औ महाधिवेशना यी दुई कांग्रेस महामन्त्रीमा अमुने सामुने हुन पुगे । केसी देउवा पक्षबाट महामन्त्रीको उम्मेद्वार बनेका थिए भने थापा सिटौला पक्षबाट महामन्त्रीको उम्मेद्वार बनेका थिए । तर दुवै जना महामन्त्रीमा पराजित हुन पुगे । केसीले १०१७ मत ल्याए भने थापाले ५८४ मत ल्याए । महामन्त्रीका अर्का जित्ने उम्मेद्वार शशांक कोइरालाले १४१७ मत ल्याएका थिए । हुन त यी दुईको राजनीतिक इतिहाँस हेर्ने हो गगन भन्दा अर्जुन कांग्रेसका निकै पुरान नेता हुन । उनको तुलनामा गगन निकै पछि मात्र राजनीतिमा आएका हुन । गगन थापा २०६२÷६३ सालको जनआन्दोलनबाट निकै चर्चामा आए । राजतन्त्र विरोधी र गणतन्त्र प्राप्तिको आन्दोलनमा विद्यार्थी आन्दोलनको तर्फबाट उनी निकै परिचित नेता बने । नेपाली कांग्रेसमा युवाहरुलाई नेतृत्वमा आउने कमै अवशर भएको अवस्थमा नेपाली कांग्रेको १२ औ महाबेशनबाट गगनले कांग्रेस भित्रै सवैभन्दा लोकप्रिय मत ल्याएर कांग्रेस केन्दीय सदस्यमा विजय हाँसिल गरे । अहिले कांग्रेस माओवादी सत्ता गठबन्धन दल बनेको छ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा कांग्रेस १५ मन्त्रालय सहित सरकारमा सहभागि बनेको छ । उपप्रधान तथा गृृह मन्त्री विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा सहभागि बनेको छ । कांग्रेस सरकारमा सहभागि बन्दै गर्दा नातामा ज्वाई ससुरा पर्ने केसी र थापा पनि उक्त सरकारमा सहभागि भएका छन् । केसीले सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् भने थापाले स्वास्थ्य मन्त्रालय सम्हाल्ने भएका छन् । हुनत कांग्रेस सभापति शेर बहादुर देउवाले पहिलो चरणमै केसीलाई मन्त्रीका लागि नाम प्रस्ताव गरेका थिए केसीले गृह वा शिक्षा मन्त्रालय आफुले पाउनु पर्ने दाबी गरेको थिए ,त्यतिबेला आफुले रोजेको मन्त्रालय नपाएको भन्दै उनले सपथ ग्रहण अस्विकार गरे । तर पछि उनी शिक्षा मन्त्री पाउने भने पनि त्यसका लागि तयार भए । सिटौला पक्षबाट उनकै ज्वाई थापालाई सहरी विकास मन्त्रालय दिने मोटामोटी सहमति थियो । तर, उता माओवादीका डिआर पौडेलले स्वास्थ्य मन्त्री होइन शिक्षामा बल गरे । र, केसीको भागमा स्वास्थ्य आइलाग्यो । अब केसीलाई स्वास्थ्य र थापालाई सहरी विकास मन्त्रालय भन्ने कुरा लगभग निश्चित भयो । तर, अन्ततः बिहीबार साँझसम्म आइपुग्दा ज्वाईं ससुराको मन्त्रालय साटियो । केसीलाई सहरी विकास र थापालाई स्वास्थ्य दिने टुंगो लाग्यो । राती ८ बजेतिर कांग्रेका १३ मन्त्रीको सूची प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो । यसरी थापा पहिलोपटक स्वास्थ्य मन्त्री बने । मन्त्रालय साटफेर केसीको इच्छामा भएको कांग्रेस स्रोत बताउँछ । किनकी यस अघि उनले स्वास्थ्य मन्त्रालयमा नजाने बताउँदै आएका थिए । पहिलो पटक मन्त्री बन्दै गरेका थापाले पनि यसपटक महामन्त्रीमा जस्तो अडान लिएनन् र केसीलाई रोजेकै मन्त्रालय दिइ आफू स्वस्थमै तयार भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: