Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नवजात शिशुको हत्यारा जोडीलाई जन्मकैद

\"parbat\"पर्वत, १० भदौ । अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाई जन्मकैद सजाय सुनाएको हो । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार दुई प्रेमीप्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी फैसला गरेको छ । अदालतले पर्वत नाग्लिवाङ–४ की सङ्गीता रेग्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ ९३० बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने बाग्लुङ नगरपालिका–१ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३९४० बमोजिम जन्मकैद हुने गरी फैसला सुनाएको हो । रेग्मी र बोहोराबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । अवैध सम्बन्धका कारण रहन गएको बच्चा जन्मेपछि हत्या गरेर घर नजिकै बारीमा गाडेको आरोपमा मुद्दा चलेको थियो । रेग्मीले नाङ्गलिबाङ्ग–४ स्थित घर नजिकै घैयाबारी भन्ने स्थानमा २०७२ कात्तिक २१ मा जन्म दिई धाँजा फाटेको ठाउँमा शिशु फालेको प्रहरीले फेला पारेको थियो । शिशुको शव काग, गिद्धले बाहिर निकालेको अवस्थामा भेटिएपछि स्थानीयवासीले कात्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए । बागलुङमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रहरी सोधपुछबाट प्रमाणित भएको थियो । उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरी २०७२ मङ्सिर १६ गते पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत मुद्धा दायर गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: