Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कांग्रेसका थप १३ मन्त्रीले सपथ लिए

\"prachanda काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले शुक्रबार विहान पद तथा गोपनीयताको शपथ लिएका छन् । विहान शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराएकी हुन् । नेपाली कांग्रेसका अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवन बहादुर शाही, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, सीतादेवी यादव, दीपक गिरी, रोमी गौचन थकाली, नबिन्द्रराज जोशी, हृदयराम थानी, गगन थापा र शंकर भण्डारीले शुक्रबार सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुमा अर्जुननरसिंह केसीले शहरी विकास, प्रकाशशरण महतले परराष्ट्र, बालकृष्ण खाँडले रक्षा, जीवनबहादुर शाहीले पर्यटन, केशवकुमार बुढाथोकीले सामान्य प्रशासन, सूर्यमान गुरुङले श्रममन्त्रीको सपथ लिएका छन् । त्यसैगरी सीतादेवी यादवले शान्ति तथा पुनर्निर्माण , दीपक गिरीले सिँचाइ, रोमी गौचन थकालीले वाणिज्य, नवीन्द्रराज जोशीले उद्योग, हृदयराम थानीले गरिबी निवारण तथा सहकारीको शपथ लिए । त्यस्तै गगन थापाले स्वास्थ्य र शंकर भण्डारी वनमन्त्रीको शपथ लिए । कांग्रेसका तर्फबाट यसअघि विमलेन्द्र निधि (उपप्रधान एवम गृह) र रमेश लेखक (यातायात) मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले नवनियुक्त मन्त्रीहरुलाई बधाइ तथा शुभकामना दिएका छन् । शुक्रबार चौथो पटक गरिएको मन्त्रिपरिषद विस्तारसँगै ३१ सदस्य मन्त्रिपरिषद बनेको छ । संविधानमा २६ सदस्य मन्त्रिपरिषद उल्लेख भए पनि प्रचण्ड नेतृत्वको सरकारले पनि जम्बो आकार ग्रहण गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: