Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

डा.केसीलाई प्रचण्डले भने, ‘तपाईको भाषा म राम्ररी बुझ्छु’

\"prachanda काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले डा. गोविन्द केसीले उठाएका माग र मुद्धा राम्ररी बुझ्ने बताएका छन् । शुक्रबार बिहान डा. गोविन्द केसीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भने,‘शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने मेरो पनि मान्यता हो । अहिलेको राजनीतिक संस्कार, प्रशासन संयन्त्र र नीति नियमभित्र बसेर सबै कुरा सम्बोधन गर्न त कठिन छ । तर, तपाईले उठाएका माग र भाषा म राम्ररी बुझ्छु र सकेसम्म सम्बोधनको प्रयास गर्छु ।’ प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्यमा श्रीलंकाको मोडलबाट आफू प्रभावित भएको उल्लेख गर्दै भने, ‘श्रीलंका कुनै समाजवादी, साम्यवादी मुलूक होइन । तर, पनि शिक्षा, स्वास्थ्यमा राज्यको पूर्ण दायित्वको श्रीलंकाको मोडलबाट म प्रभावित थिएँ ।’ प्रधानमन्त्रीले डा. गोविन्द केसीको आन्दोलनले समाजमा नयाँ जागरण ल्याएको र राज्यलाई जागृत गरेको बताए । भेटमा डा. गोविन्द केसीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा आफूले पछिल्लो अनसन तोडेको भन्दै मागहरुलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीलाई आग्रह गरे । डा. केसीले दुरदराजमा सुलभ स्वास्थ्य सेवाको प्रबन्ध, सार्वजनिक संस्थानहरुमा क्षमताका आधारमा नियुक्ति, योग्य विद्यार्थीले सर्वसुलभ चिकित्सा शिक्षाको अवसर, माथेमा आयोगको प्रतिवेदनको कार्यान्वयन, राज्यका जिम्मेवार पदहरुमा रहेका व्यक्तिहरुको जिम्मेवारी बोधका लागि आफ्नो आन्दोलन केन्द्रित रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: