Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रधानमन्त्रीले प्युठानको अवस्था बुझ्न तत्काल भूगर्वविद्को टोली पठाउने

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्युठानमा गएको भूकम्प र त्यसले पु¥याएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न तत्कालै भूगर्वविद्को टोली पठाउने बताएका छन् । बिहीबार अपरान्ह एमाले नेता बामदेव गौतमको नेतृत्वमा आएको सर्वदलीय टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले तत्कालै भूगर्वविद्को टोली पठाउने बताएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने, ‘क्षतिको प्रकृति हेर्दा प्युठानको बाढी पहिरो सामान्य छैन । यसलाई मैले गम्भीरतापूर्वक हेरेको छु । क्षतिको यथार्थ विवरण संकलन, राहत र पूनर्बासको अध्ययनका लागि तत्कालै भूगर्वविद्सहितको टोली प्रभावित क्षेत्रमा पठाउँछु ।’ \"pm_prachanda_pyuthan-750\"प्रधानमन्त्रीले सरकारले मन्त्री परिषद्को पहिलो बैठकबाटै बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाई दिने राहत रकम ४० हजारबाट बढाएर १ लाख पु¥याएको निर्णय स्मरण गराउँदै टोलीको अध्ययनपछि थप राहत र पूनस्र्थापनाको काम गर्ने बताए । प्रचण्डले प्रतिनिधिमण्डलसँग भने, ‘पहिला भूगर्वविदको टोली पठाऔं । त्यसले बाढी पहिरोको यथार्थ रिपोर्ट दिएपछि राहत र पूनर्बासका लागि सरकारले थप निर्णय गर्नेछ ।’ भेटमा एमाले नेता गौतमले यस वर्षको बाढी पहिरोले प्युठानमा मात्रै ५३ जनाको मृत्यु भएकाले यसलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सर्वदलीय प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रमा बाढी पहिरोबाट बिस्थापितहरुका लागि खाद्यान्न र सुरक्षित बासको व्यवस्था गर्न, भूगर्वविद् सहितको टोली पठाएर पहिरो रोकथाम र नयाँ बस्तीका लागि अध्ययन गर्न, बाढीले यातायात बिच्छेद भएकाले सडकको मर्मत गर्न, पुल र कुलो मर्मतको व्यवस्था गर्न, एकीकृत परियोजनामार्फ्त पूनर्निर्माणको व्यवस्था गर्न र बाढी पीडितलाई भूकम्प पीडित सरहको राहत उपलब्ध गराउन माग गरिएको छ । प्रतिनिधि मण्डलमा एमाले नेता गौतम, माओवादी केन्द्रका नेताहरु रेखा शर्मा, कृष्णध्वज खड्का, नेपाली कांग्रेसका मुक्तिप्रसाद शर्मा, नयाँ शक्ति नेपालका नवराज सुवेदी, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, क्रान्तिकारी माओवादीका शिबराज पोख्रेल लगायतका नेताहरु सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: