Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कांग्रेसबाट मन्त्रीको सूचि तयार, आजै प्रचण्डलाई बुझाउने (नामावलीसहित)

\"congress-1000x0-750\" काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सरकार मा पठाउने मन्त्रीको सूचि तयार गरेको छ । पार्टीमै आन्तरिक गुटमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । दुई मन्त्री मात्रै टुंग्याएको कांग्रेसले ११ मन्त्रीको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो । माओवादी–कांग्रेस गठबन्धनको सरकारमा कांग्रेसलाई १३ र माओवादीलाई ८ मन्त्रालयको भागबण्डा मिलाइएको थियो । भागबण्डाअनुसार माओवादीले यसअघि नै आफ्नो तर्फबाट मन्त्री टुंगो लगाइसकेको छ । कांग्रेसबाट बाँकी रहेको ११ मन्त्रालयमा पार्टी सभापति शेरबहादुर देउवाका चार, रामचन्द्र पौडेल पक्षबाट पाँच र कृष्णप्रसाद सिटौलाबाट दुई जनालाई मन्त्री बनाउने सहमति भएको हो । देउवाले अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाहीको नाम निश्चित गरेका छन् । पौडेलले पार्टी कोषाध्यक्षसमेत रहेकी सीतादेवी यादव तथा केन्द्रीय नेताहरु नबिन्द्रराज जोशी, दीपक गिरी, आनन्दप्रसाद ढुंगाना, बलबहादुर केसीलाई मन्त्रीका लागि प्रस्ताव गरेका छन् । पौडेललाई साथ लिन भन्दै पाँच जना मन्त्री दिन तयार भएपछि पौडेललाई भने पाँच जना छान्न मुश्किल परेको छ । पौडेल पक्षबाट राजन केसी, रोमी गौचन, किरण यादव, जीवन परियार लगायतले आ–आफ्नो दाबी छाडेका छैनन् । पौडेल पक्षबाट आधा दर्जन बढी आकांक्षी देखिएपछि सो समूह महामन्त्री डा.सशांक कोइरालाको निवासमा गुटको छलफलमा छन् । यता, सिटौला पक्षबाट भने गगनकुमार थापा र सुधिरकुमार शिवाकोटीको नाम सिफारिस गरिएको छ । सिटौलाले भीमसेनदास प्रधानको सट्टामा गगनलाई नै सिफारिस गरेको स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: