Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बल्ल टुंगियो कांग्रेसमा मन्त्रीको विवाद, पौडेल गुटलाई पाँच मन्त्री दिन देउवा राजी

\"ramchandraकाठमाडौं, ९ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसमा लामो समयको रस्साकस्सीपछि मन्त्रीको विवाद टुंगिएको छ । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षलाई ५ मन्त्रालय दिन पार्टी सभापति शेरबहादुर देउवा तयार भएपछि विवाद टुंगिएको हो । पौडेलले आफ्नोतर्फका पाँच जनालाई मन्त्री र चार जनालाई राज्यमन्त्री बनाउनुपर्ने अडान राखेका थिए । सम्मानजनक ढंगले मन्त्री नपाए आफूहरु पार्टी भित्रै प्रतिपक्षमा बस्ने पौडेल समूहले चेतावनी दिएको थियो । बुधबार नै कांग्रेसका तर्फबाट ११ मन्त्रीको टुंगो लगाई मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएपनि आफ्नै पार्टीभित्र मन्त्रीको भागबण्डा नमिल्दा रोकिएको थियो । देउवाका विश्वासपात्र नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधीले पौडेललाई विहीबार विहान फोन गरी पाँच मन्त्रालय दिने जानकारी दिएका छन् । फेरि पनि विवाद नहुने गरी पाँच मन्त्रीको नाम दिन सभापतिले आग्रह गरेको निधीले जानकारी गराएको पौडेलको निजी सहयोगीले बताएका छन् । देउवाले भने आफ्नो तर्फबाट मन्त्रीको टुंगो लगाइसकेका छन् । देउवाले अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवनबहादुर शाहीलाई मन्त्री बनाउने निश्चित गरिसकेका छन् । पौडेलले आफ्नोतर्फबाट शेखर कोइराला, सीतादेवी यादव, नबिन्द्रराज जोशी, दीपक गिरी, कमला पन्तको नाम अघि सारेका छन् । शेखरलाई भने परराष्ट्रमन्त्रालय नदिने भएपछि उनी पछाडि सरेका छन् । नेताहरुबीच विवाद टुंगिएपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ । शुक्रबार नै कांग्रेस सभापति देउवा उपचारका क्रममा सिंगापुर जाने तयारीमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: