Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विदेशी अनुदान राेकिएपछि कनकमणिलाई आर्थिक संकट !

\"himalकाठमाडौं, ९ भदौ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्यिारको फन्दामा परेका साझा यातायातका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितको हिमाल साउथ एसिशयन पत्रिका आर्थिक संकटको कारण जनाउँदै बन्द गरिने भएको छ । विगत २९ वर्षदेखि काठमाडौंबाट प्रकाशित हुँदै आएको यो पत्रिका सरकारको असहयोगका कारण बन्द गर्न लागिएको जनाएको छ । साउथ एसिया ट्रष्टले यो पत्रिका प्रकाशित गर्दै आएको थियो । आर्थिक संकटको कारण जनाउँदै मंसिरदेखि बन्द गर्न लागिएको ट्रष्टले जनाएको छ । अंग्रेजी भाषाको दक्षिण एसियाली पत्रिका ‘हिमाल साउथएसियन’ सरकारको असहयोगका कारण बन्द गर्न लागेको पत्रिकाका संस्थापक सम्पादक एवं ट्रस्ट अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिएका छन् । विदेशी अनुदानमा भर पर्दै आए पनि सरकारले सो अनुदान सात महिनादेखि रोकेपछि पत्रिका प्रकाशन स्थगन गर्न बाध्य भएको ट्रस्टले जनाएको छ । अनुदान रोकिएपछि विदेशी पत्रकार र स्तम्भकारलाई समेत पारिश्रमिक दिन नसकिएको ट्रस्टको भनाइ छ । हिमाल साउथएसियनमा काम गर्न गैरनेपाली पत्रकारलाई श्रम स्वीकृति नदिएपछि मुलुक बाहिरका लेखक÷स्तम्भकारहरूको पारिश्रमिक पठाउन अस्वाभाविक ढिलाइ भएको ट्रष्टले जनाएको छ । सो पत्रिकामा लेखिएका विषयलाई लिएर राज्यका निकायले हस्तक्षेप गरेको पनि ट्रष्टको आरोप पनि छ । दक्षिण एसियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्युरोक्रेसीका विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएसियनलाई बन्द गराइएको ट्रष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ट्रष्टका अध्यक्ष दीक्षितमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागले समेत उनको सम्पत्तिको वैधतामाथि प्रश्न उठाउँदै छानबिन जारी राखेको छ । साउथ एसियन ट्रस्टका नाममा करोडौं रुपैयाँ विदेशी रकम भित्राए पनि त्यसको कर नतिरेको आरोप अख्तियारले लगाएको छ । साउथ एसिया ट्रस्टका नाममा आएको विदेशी रकम विभिन्न देशका बैंकमा जम्मा गरेको आरोप उनीमाथि लागेको छ । दीक्षितलाई यसअघि साझा यातायातको अध्यक्षको हैसियतमा छानबिनका लागि भन्दै अख्तियारले पक्राउसमेत गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: