Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कसैकाे अपहरण गरेको छैन : पूर्वमन्त्री साह

\"Bishwonath-Sha-750\"   काठमाडौं, ९ भदौ । २०७३ भदौ ८ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘माओवादी केन्द्र नेताविरुद्ध अपहरण मुद्धा’ शिर्षकको समाचारलाई माओवादी केन्द्रका नेता विश्वनाथ साहले एक विज्ञप्ति जारी गरी खण्डन गरेका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने मनसायले जाहेरी दिएको र उक्त समाचारमा भनिए जस्तो नभएकाले प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । समाचारमा उल्लेख भएअनुसार कुनै पनि व्यक्तिलाई हतियार देखाएर अपहरण गरि बन्धन नबनाएको साहले बताएका छन् । विज्ञप्तिमा भनिएको छ,‘समाचारमा जनाएअनुसार अपहरण गरिएको, हतियार देखाएर बन्धक बनाएको भन्ने कुरा र इन्जिनियर देवनन्दन मण्डलले मेरो समेत नाममा झुठा जाहेरी दर्ता गरेको भन्ने कुराले मलाई निकै आश्चर्यमा पारेको छ ।’ विज्ञप्ति मार्फत साहले इन्जिनियर देवनन्दन मण्डलले काम सम्पन्न भइसक्दा पनि साउन भरि आलटाल गरि पछि अर्कै नक्कली उपभोक्ता समिति बनाई रकम समेत निकासा गरिसकेको बताएका छन् । रकम हिनामिना भएपछि छलफलका लागि गोलबजार जाँदा इञ्जिनियर देवनन्दन मण्डल अनुपस्थित भएको उनले बताए । साहले निर्माण सम्बन्धी कार्यमा सबैको चासो हुने र छलफलमा लागि भेट्न जाँदा भाग्ने कार्यले इन्जिनियर मण्डलको बदनियत स्पष्ट हुने बताएका छन् । उनले आफ्नो राजनैतिक चरित्र हत्या गर्ने मनसायले जाहेरी दिइएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ,‘मेरो राजनीतिक चरित्र हत्या गर्ने मनसुवाका साथ बदनियतपूर्वक जाहेरी दिने कार्य भएकोले उक्त समाचारमा भनिएको जस्तो नभई सार्वजनिक ठाँउमा भएको छलफललाई अतिरञ्जित गरेको तथ्य यस विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहान्छु ।’   प्रेश बिज्ञप्ती मिति : ८ भदौ २०७३ २०७३ भदौ ८ गते कान्तिपुर दैनिकमा प्रकाशित माओवादी नेताविरुद्ध अपहरण मुद्धा शिर्षकको समाचारले मेरो गम्भिर ध्यानाकर्षण गरेको छ । समाचारमा जनाएअनुसार अपहरण गरिएको, हतियार देखाएर बन्धक बनाएको भन्ने कुरा र इन्जिनियर देवनन्दन मण्डलले मेरो समेत नाममा झुठा जाहेरी दर्ता गरेको भन्ने कुराले मलाई निकै आश्चार्यमा पारेको छ । सिंचाई मन्त्रालयको “सदरमुकाम बचाउ अभियान’ अन्तर्गत सिराहामा परेको बजेट कार्यान्वयन गर्न श्रबण यादबको अध्यक्षतामा बनेको उपभोक्ता समितिले काम सम्पन्न गरेपछि असार मसान्तभित्र लहानमा रहेको जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयमा भुक्तानी लिन जाँदा आजभोली भन्दै इन्जिनियर देवनन्दन मण्डलले साउन भरी आलटाल गरेको र पछि अर्कै नक्कली उपभोक्ता समिति बनाई रकम समेत निकासा गरीसकेको अवस्थामा इञ्जिनियर देवनन्दन मण्डल र उपभोक्ता समिति दुबै पक्ष छलफल गरिदिनु पर्यो भन्दै मिति २०७३।०५।०४ गते मेरो आफ्नै सम्पर्क कार्यालय (जहाँ सामान्यतया भिडभाड नै हुन्छ) गोलबजारमा आएका थिए । छलफलको क्रममा दुबै पक्षको वीच समझदारी नजुटे पछि फेरि भदौ ५ गते पुनः छलफल गर्ने गरि सहमति भएको थियो तर उक्त दिन छलफलमा इञ्जिनियर देवनन्दन मण्डल नआएपछि छलफल हुन सकेन । निर्माण सम्बन्धी कार्यमा सबैको चासो हुनु सामान्य हो, उसमाथि छलफलबाट भाग्ने कार्यले नै बदनियत स्पष्ट गर्दछ । मेरो राजनीतिक चरित्र हत्या गर्ने मनसुवाका साथ बदनियतपुर्वक जाहेरी दिने कार्य भएकोले उक्त समाचारमा भनिएको जस्तो नभई सार्वजनिक ठाँउमा भएको छलफललाई अतिरञ्जित गरेको तथ्य यस विज्ञप्ति मार्फत स्पष्ट पार्न चाहान्छु । विश्वनाथ साह गोलबजार ४ सिराहा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: