Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

स–साना तर जनजीविकाका काम सम्पादन गर्दै प्रधानमन्त्री प्रचण्ड

\"prachanda_shirsha\"काठमाडौं, ९ भदौ । बुधबार काभ्रे पाँचखालमा हत्या गरिएका दलित युवा अजित मिजारको हत्यारामाथि कारवाही नभएको भन्दै प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्डलाई दलित अगुवाहरुले एक ज्ञापन पत्र बुझाए । ज्ञापनपत्र बुझ्नासाथै उनले गृहसचिव नरायणगोपाल मलेगु र आइजिपी उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाए र घटनाको छानविन गर्न निर्देशन दिए । मिजार हत्याको छानविन गर्न तत्काल एक छानविन समिति बनाउन गृहसचिव र आइजिपीले प्रतिबद्धता जनाएका छन् । मिजारले गत असार २५ गते गाउँकै एक युवतीसँग अन्तरजातीय बिहे गरेका थिए । तर २७ गते माइती पक्षले जबर्जस्ती छुटाएका थिए । त्यसको दुई दिनपछि धादिङको गजुरीमा मिजारको शव गाडिएको अवस्थामा फेला परेको थियो । माथिको त एक उद्धहरण मात्रै हो, प्रचण्ड दैनिजसो सानाभन्दा साना तर प्रत्यक्ष जनताको समस्याका कामहरु सम्पादन गर्न लागिरहेका छन् । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला र सपनाका कुरा गर्ने गरेका थिए । तर अहिलेका प्रधानमन्त्री दैनिक जनजिविकाका सबाललाई लिएर काम गरिरहेका छन् । बुधबारै प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरुले ल्याएको कार्ययोजना जनताको प्रत्यक्ष हितसँग नजोडिएको भन्दै फिर्ता पठाएका छन् भने नयाँ कार्ययोजना बनाएर ल्याउन भनेका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि काठमाडौंको सवारी चापलाई लिएर उनले साझा बस थप्न निर्देशन दिइसकेका छन् भने बजारको बिकृतिलाई लिएर अनुगमन कडा बनाउन निर्देशन दिइरहेका छन् । उनैको निर्देशन अनुसार सरकारी अनुगमनको काम तिव्र हुँदा अहिलेको शहरी क्षेत्रहरुमा अनुगमन व्यापक छ । सरकारी अनुगमनबाट काठमाडौंमा मात्रै झण्डै ५ दर्जनको हाराहारीमा विभिन्न क्षेत्र तथा व्यावसायमा सरकारी टोलीले लापरवाही भएको भन्दै तालाबन्दी समेत गरेको छ । प्रधानमन्त्री भएलगत्तै उनले विदेशी जेलमा रहेका बन्दीहरुको बारेमा कदम चाले भने साउदी जेलमा ब्लडमनी तिर्न नसकिरहेका रामचन्द्रलाई नेपाल फिर्ता ल्याउन पहल गरिरहेका छन् भने विदेश जेलमा रहेका नेपाली बन्दीहरुको डाटा परराष्ट्रसँग संकलन गर्न भनेका छन् । उनकै मन्त्रीमण्डलका सदस्यहरुमध्य उर्जामन्त्री जनार्दन शर्माले विद्युत महशुल नतिर्नेको लाइन काटेपश्चात करोडौं रकम वक्र्यौता भूत्तान हुन थालेको छ । सरकारका प्रवक्ता तथा संचारमन्त्री राम कार्कीले टेलिकमको गुणस्तर सुधार गर्न १० दिनको समय टेलिकमलाई दिएका छन् । यसैगरी भूकम्पपिडितहरुका लागी छुट्याइएको पहिलो किस्ताको रकम प्रचण्ड प्रधानमन्त्री भएपछि द्रुत गतिमा बाडिएको छ । प्राधिकरण स्रोतका अनुसार ४० हजार भूकम्पपिडितका लागी प्रचण्ड प्रधानमन्त्री भएसँगै राहत सम्झौता भएको छ । एउटा जटिल र संविधान कृयान्वयनमै समस्या रहेको मधेस मागलाई उनले लगभगलगभग टुगोंमा पुर्याएका छन् भने स्थानीय चुनाव जसरी भएपनि समयमै सम्पन्न गर्न निर्बाचन आयोगलाई सम्झाइरहेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रदेव खनाल वलदेवका अनुसार प्रचण्डको अहिलेको प्रथामिकता भनेको नै जनजिविका र दैनिकि सबालसँग हो । उनी भन्छन्, –‘ठुला र रणनीतिक महत्वका काम पनि हो तर पहिला जनजीविकाको सबाल हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: