Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

छ गोली लागेको एकसिङ्गे गैँडाको अवस्था सुधारोन्मुख

\"Rhino\"रत्ननगर (चितवन), ९ भदौ । रौतहटको जङ्गलमा तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको अवस्था सुधारोन्मुख देखिएको छ । रौतहटबाट चितवन निकुञ्जले यही भदौ ५ गते उद्धार गरी सौराहा नजिकै जनकौली वनमा ल्याएर छाडेको करिब १५ वर्षको भाले गैँडाले आफ्नो विचरन र चरन क्षेत्र बढाउन थालेको निकुञ्जले जनाएको छ । सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैँडाको उपचारका साथै रेखदेख गर्दै आएको छ । टेन्ट टाँगेर चौबिसै घन्टा गैँडाको निगरानीमा टोली खटाएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिए । ‘सुरुमा हिँड्डुल गर्नसमेत सक्दैनथ्यो”, चितवन निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले भने ,–‘अहिले राम्ररी हिँड्ने र खानेकुरा खाने गर्न थालेको छ, अब निको हुने आशा पलाएको छ ।’ गोली भित्रैबसेको आशङ्का निकुञ्ज अधिकारीले गरेका छन् । यही भदौ ४ गते रातिको समयमा तस्करबाट गोली हानी घाइते भएको गैँडाको उद्धारपछि अहिले चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रेखदेखमा उपचार भइरहेको छ । गैँडाको निधार, गाला, तथा कन्चट आसपासमा पाँच गोली लागेको र ढाडमा एउटा गोली लागेको निकुञ्जले जनाएको छ । निकुञ्जका रेन्जर लक्ष्मण रायले गम्भीर घाइते अवस्थामा उद्धार गरिएको गैँडाको अहिले अवस्था सुधार हुँदा खुसी लागेको बताए । गैँडाको उद्धार गरेर ल्याउने टोलीमा उनी सहभागी थिए । ‘टोली पुग्दा उठ्न सक्थेन, बल्ल बल्ल पानी खुवाएर ल्याइएको थियो, अहिले विचरन गर्न थालेको छ’, रायले भने । रौतहटको चन्द्रपुर नगरपालिका–२ गैँडाटारमा तस्करबाट हानेको गोली लागेर गैँडा गम्भीर घाइते भएको थियो । निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा कमल गैरेको नेतृत्वमा अहिले उपचार चलिरहेको छ । भरुवा बन्दुकले हानेको जस्तो देखिएपनि ढाडको घाउ देख्दा अन्य बन्दुक पनि प्रयोग भएको हो कि भन्ने आशङ्का गरिएको छ । बाटो बिराएर गैँडा त्यहाँ पुगेको संरक्षणकर्मीले बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: