Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

झापामा पनि ‘कालोसूची’का ग्राहकको लाइन काटिँदै

\"electricity-hightensionदमक, ८ भदौ । झापाको दमकस्थित नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्रले विद्युत् बक्यौता बढी भएका ग्राहकको बिजुलीको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले ठूलो रकम बक्यौता हुने ग्राहकको बिजुलीको लाइन काट्न केन्द्रको निर्देशन आएपछि यहाँको वितरण केन्द्रले पनि त्यस्ता कालोसूचीका ग्राहकका लाइन काट्न थालेको हो । केन्द्रले भदौ ५ गतेदेखि नै यस क्षेत्रमा लामो समयदेखि ठूलो बक्यौता रहेका ग्राहकको बिजुली धमाधम काटिरहेको जनाएको छ । अहिलेसम्म केन्द्रले दमकमा १२ वटा ग्राहकको बिजुलीको लाइन काटिसकेको तथा अन्य ठाउँमा समेत सो कार्य जारी रहेको केन्द्रका प्रमुख सुरेन्द्र शाहले बताए । शाहका अनुसार केन्द्रले दुई दिनमा दमकमा बिजुलीको लाइन काटेको र ती ग्राहकको विद्युत् महसुल रु १३ लाख ८७ हजार ६९६ हजार बक्यौता रहेको छ । त्यस्तै, मङ्गलबार केन्द्रको टोलीले गौरादह क्षेत्रका १२ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ जसको बक्यौता रकम करिब रु पाँच लाख रहेको छ । दमक वितरण केन्द्रअन्तर्गत बक्यौता भएको जम्मा रकम रु सात करोड २७ लाख रहेको जनाइएको छ । त्यसमा रु ५० लाख बक्यौता रहेका ग्राहकको लाइन काट्नु पर्ने अवस्था रहेको केन्द्रका लेखा अधिकृत मदन पौडेलले जानकारी दिए । जिल्लाको माइपश्चिम सहित पूर्वी मोरङको उर्लाबारी र पथरी क्षेत्रसम्म केन्द्रको कार्य क्षेत्र पर्ने ती क्षेत्रमा हाल ५० हजारभन्दा बढी ग्राहक सङ्ख्या रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending