Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दिल्लीको कोशेली बोकेर निधी स्वदेश फर्किँदै

\"modhi_nidhi-1140\"काठमाडौं, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का बिशेष दूतका रुपमा दिल्ली भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी मंगलबार स्वदेश फर्किँदैछन् । प्रचण्ड नेतृत्वमा कांग्रेस–माओवादी गठबन्धनको नयाँ सरकार बनेपछि सरकारको बदलिँदो परिस्थितिबारे जानकारी गराउन उपप्रधानमन्त्री निधी दिल्ली गएका थिए । प्रधानमन्त्री प्रचण्डको पत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गर्नुका साथै निधीले प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डको पहिलो भारत भ्रमण तय गर्नुका साथै भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएर निधी मंगलबार दिउँसो पौने एक बजे नेपाल एयरलायन्सको जहाजबाट स्वदेश फर्कन लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा नेपालको जनकपुर, लुम्बिनी तथा मुक्तिनाथ लगायतको धार्मिकस्थलको भ्रमणका लागि पनि निधीले निम्तो दिएका छन् । मोदी यसअघि नै जनकपुर र लुम्बिनी भ्रमण गर्न आउने भनिए पनि मधेस आन्दोलनसँगै दुई देशबीचको सम्बन्ध विग्रिएपछि भ्रमण हुन सकेको थिएन । भ्रमणका क्रममा निधिले बर्तमान सरकारको प्राथमिकताबारे भारतीय नेताहरुलाई जानकारी गराउदै भारतसँगको सम्बन्ध सुधारका लागि प्रयास गरेका थिए । निधीको दिल्ली भ्रमणसँगै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण निश्चित भएको छ । प्रचण्ड आगामी भदौ ३० गते तीन दिने भारत भ्रमणका लागि जाने भएका छन् । गत बिहीवार नयाँदिल्ली गएका निधिले भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, बिदेश मन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत बिपक्षी दलका नेतासँग भेटवार्ता गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: