Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता

\"candle\"कञ्चनपुर, ७ भदौ । बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह ९बर्थिङ सेन्टर०मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ । बिद्युत जडानको कार्य राम्ररी नगरिँदा र बिद्युतको बैकल्पिक व्यवस्था नहँुदा प्रसूतिका लागि पुग्ने आमाले मोमबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने भएको हो । दैनिक प्रसूति गृहमा प्रसवका लागि तीनदेखि चारजनासम्म महिला पुग्ने गरेका छन् । बिद्युत आपूर्तिमा समस्या देखिएपछि प्रसूति गृहको कोठामा स्वास्थ्यकर्मीले मैनबत्ती बाल्नुपर्ने बाध्यता रहेको छ, स्वास्थ्य चौकीका अनमि निलावती भट्टले भन्नुभयो, “एक हातमा बलेको मोमबत्ती समात्नु पर्ने र अर्को हातले शिशु झिक्नुपर्ने बाध्यता छ ।” “मोमबत्तीको पग्लेको मैन शिशु र आमाको शरिरमा परेर पोल्ने खतरा उत्तिकै छ, तर पनि जोखिमका साथ काम गदै आएका छौँ” उनले भने । “दिउँसो प्रसव हुने गराउन सहज भएपनि बिद्युतको अभावमा राति प्रसव गराउन निकै समस्या खेप्दै आएका छौँ”, उनले भने । विद्युत जडान जीर्ण बनेकाले करेन्ट लाग्ने समस्यासमेत उत्तिकै रहेको उनको भनाई रहेको छ । बिद्युतको विकल्पका रुपमा सौर्यबत्ती जडानका लागि पटक–पटक नगरपालिकादेखि जनस्वास्थ्य कार्यालयसम्म लिखित र मौखिकरुपमा जानकारी गराउँदासमेत समस्या समाधान हुन नसकेको स्वास्थ्य सहायक सविता मिश्रले बताए । “प्रसूति गृहको एकमात्रै साँघुरो कोठामा दुईवटामात्रै बेड लाग्ने भएकाले दुईभन्दा बढी प्रसूति गराउन महिला पुगेपछि गृहको ग्यालरीमै प्रसूति गराउनुपर्ने हुन्छ” उनले भने । प्रसूति गराउने कोठामा राखिएका बेडसमेत पुरानो र जीर्ण भएकाले आमा र शिशु बेडबाट खसेर अर्को दुर्घटना निम्तिने समस्यासमेत रहेको उनले बताए । स्वास्थ्य चौकीको प्रसूतिगृहमा गत वर्षमात्रै २७९ आमाले सुत्केरी सेवा लिएका थिए । चालु आवको हालसम्म पचासभन्दा बढी आमाले सुत्केरी सेवा लिएका छन् । झलारी पिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले स्वास्थ्य चौकीको प्रसूतिगृहमा बिद्युतको सेवालाई भरपर्दो बनाउनका लागि कार्य अगाडि बढाइने बताए । “बिद्युतको विकल्पका रुपमा सौर्यबत्ती जडानका लागि समेत कार्य गरिनेछ” उनले भने । स्वास्थ्य चौकीमा पाँचवर्ष अघिदेखि प्रसूति गृह सञ्चालनमा रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: