Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

एक दर्जन फोटोमा हेर्नुहोस् –तिजको राैनकमा बुटवल

बुटवल, ६ भदौ । तराईमा गर्मिको उखरमाउलो चढ्दै गएको छ । यहि गर्मिलाई छल्न राता साडीमा सजिंएका चेलीहरु ढवाहाको अल नेपाल एकाडेमीमा जम्मा भएका थिए । कार्यक्रम थियो , प्युठान रुपन्देही रुपन्देही सम्पर्क मन्चले आयोजना गरेको दरखाने तथा विशेष सास्कृतिक कार्यक्रम । जहां प्युठानी दिदी बहिनीलाई नचाउन प्युठानी कलाकारहरु कम्मर कसेर लागेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका चर्चित कलाकार चन्द्र शर्माले पुरानो तीज गीत र केही लोकप्रीय लोक गीत गाएर जब कार्यक्रमको उद्घाटन गरे सम्पुर्ण उपस्थीति रोमान्चक हुदैं नाच्न थाले । शर्माले फाटि सक्यो कति साबुनले धोइरहने हो ... भन्ने पुरानो तीज गीत गाएका थिए । यसैगरी उनले अहिले चर्चामा आएको नयां गीत चम चम चमकने तारा गीत गाएका थिए । प्युठानको पुजा गाविस जन्मथलो भएका शर्माले विदाई हुने बेला चरी भए आउथें उडेर भन्दा सबै उत्साहित भएका थिए । शर्मा लगत्तै ओखरकोटका प्रचन्ड जि.सी.ले पढ्ने बेला पढ केटा हो ..., धर्मवतीका सन्जय सौगातले अहिलेको तीजमा.. फोप्लीका दिपु मगरले सरर सारी सर्र्काइदेऊ... जस्ता लोकप्रीय आफुले नै स्वर दिएका गीत गाउदा प्युठानीहरु अत्यन्तै खुसी भएका थिए । कार्यक्रममा प्युठानी कलाकार मात्रै नभएर चर्चाका कलाकार विष्णु जी पाण्डे माइलाबाले ठट्यौंली पाराको गीत गाउदां पसिनाले निथ्रुक्कै भिजेकाहरु पेट मिची मिची हासीरहेका देखिन्थे । कार्यक्रममा रौनकता थप्दै कलाकार शिलु भट्टराईले भंगेरी चरीले...विष्णु श्रीपालीले धन्य केपी दाई... नारयण विपी परियारले पैसाको के दुखः... गीत गाएर प्युठानबाट बसाई सराई गरी वा अन्य कामको शिलशिलामा रुपन्देहीमा बसोबास गर्ने प्युठानीहरुको भीडलाई नचाएका थिए । एकाडेमीको हलमा रक्ताम्य साडीमा सजिंएर आएका चेलीहरुलाई बादिंकोट घर भएकी चर्चित नृत्यकार पवित्रा थापाले रिमीक्स तीज गीतमा परम्परागत देखी आधुनिक पाराका गीतमा नृत्य प्रस्तुत गर्दा दर्शक दिर्घाका सबै रोमान्चीत हुदैं तालीको गडागडाहटले उनलाई सम्मान गरिरहेका थिए । यसरी भदौंको पहिलो शनिबार प्युठानीहरुले रुपन्देहीलाई रंगीन बनाए । सास्कृतिक कार्यक्रममा बहुचर्चित उद्घोषक बादिकोट प्युठानका जे.बी क्षेत्रीले कार्यक्रमको सन्चालन गरिरहदा हल नै उल्लासमय भएको थियो । सास्कृतिक कार्यक्रम अघि मन्चका अध्यक्ष लोकराज शर्माको अध्यक्षता सचिव बाबुराम एमसीको सन्चालन तथा राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा तीजको सास्कृति महत्वको बारेमा चर्चा भएको थियो । कार्यक्रममा प्युठान घर भई रुपन्देही कर्मथलो भएकाहरु संस्कृतिवीद प्रा.डा. गितु गिरी, मन्चका संस्थापक अध्यक्ष पदम जि.सी, प्रेस चौतारीका केन्द्रिय सचिव भरत के.सी, प्रगतीशिल पत्रकार संघका अध्यक्ष श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका नेता चोपलाल आचार्य, पुरन गुरुंग, लुम्बिनी प्रेस क्लबका महासचिव नरेश के.सी, बरिष्ठ पत्रकार बसन्त पोखरेल, प्रदीप जि.सी, गणेश जि.सी, चित्र बहादुर जि.सी.लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करिब २ सय भन्दा बढी दिदी बहिनीहरुको सहभागीता रहेको सचिव महतले जानकारी दिए । \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal \"teej_butawal
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: